news and more entertainment

हट अशिष्मा र रजनी, कस्को चल्ला त राज ?

ashisma-and-rajani
सिने बजारमा थुप्रै यूवतीहरु नायिका बन्ने सपना बोकेर त आउँछन् । तर सबैकोे सपना दुई दिने चर्चापछि सेलाउँछ । तर तिनै नयाँ नामबाट कुनै न कुनै त उदाउँछन् पनि ।
उसो त नायिका बन्ने दौडमा लागेका कलाकारद्धय रजनी केसी र अशिष्मा नकर्मीले सफल दिनेमा दिन सकेका छैनन् । रजनी डेब्यू चलचित्र ‘लोफर’ र अशिष्मा डेब्यू चलचित्र ‘अन्तराल’ पूर्णतया असफल हुन् । तर पनि दुई नायिका आफ्नै किसिमले चर्चामा छन् ।
दुबैको भविष्य सिनेमा नगरीमा कसरी अघि बढ्छ भन्न सकिने अवस्था छैन । कारण, दुबैले न त सफल सिनेमा नै दिन सकेका छन् न त दर्शकमा राम्रैसँग नोटिस नै भएका छन् ।
एक कार्यक्रममा निक्कै आकर्षक रुपमा पुगेका दुई नायिकाले सिने नगरीमा राज गर्छन् भन्ने चर्चा पनि नचलेको होइन । सिनेमाको संख्या हेर्ने हो भने अशिष्मा धेरै अगाडि पुगिसकेकी छिन् । तर पनि रजनी नारीप्रधान सिनेमा खेल्न आफू निक्कै उत्साहित भएको बताउँछिन् ।
उसो त दुबै नायिकाको भविष्यको अहिले नै भविष्यवाणी गरिहाल्न सकिदैन । तर यी दुई हट नायिका मध्ये कसले सिने नगरीमा राज गर्ला, यो भने हेर्नलायक नै हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget