मुम्बइ, यदि तपाइँ बलिउड अभिनेत्री आलिया भट्टको प्रशंसक हुनुहुन्छ र इन्टरनेटमा उनको तस्विरहरू या उनको नामबाट कुनै समाचार खोजी गर्दै हुनुहुन्छ भने सावधान हुनुस । आलियाका बारेमा जान्ने उत्सुकताले तपाइँको मोबाइल वा कम्प्यूटरलाइ भाइरसको शिकार बनाउन सक्ने बताइएको छ । यो दावी इन्टरनेट सिक्योरिटी प्रदान गर्ने एक एन्टीभाइरस कम्पनी म्याकेफीले गरेको हो ।
| Alia Bhatt |
कम्पनीले अमिर खानलाइ खोज्दा पनि भइरसको खतरा हुने बताएको छ । यो कम्पनीले हरेक बर्ष यस्ता कलाकारहरूको एक सूची तयार गर्दछ । जसलाइ इन्टरनेटमा सर्च गर्ने क्रममा भइरस तपाइँको सिस्टममा हमला गर्न सक्दछ । आलिया भट्ट पछि पछिल्लो ताजा सूचीमा दोश्रो नम्बरमा बलिउड अभिनेता अमिर खान रहेका छन । गत बर्ष यस सूचीमा प्रियंका चोपडा र शाहरुख खानको नाम शीर्ष स्थानमा रहेको कुरा कम्पनीले जनाएको थियो ।
Post a Comment