news and more entertainment

भाइका नाममा सुसाइड नोट लेखेर दाईले आत्महत्या गरे..

धनगढी : कैलाली कारागारमा एकजना कैदीले घरमा रहेका अाफ्‍नो भाइका नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। कैलालीको भजनी  गाविस गाविस वडा नं ३ घर भई अपहरण तथा शरीर बन्धक राखेको अभियोगमा कैद सजाय भोगिरहेका २८ वर्षका सागर लामाले कारागारको सौचालयभित्र आत्महत्या गरेका हुन्।


सौचालय भित्रबाट चुकुल लगाएर, गम्छा (सानो तौलीया) को पासो बनाएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गए राती साढे ११ बजेतिर सौचालय जान्छु भनेर गएका लामा, लामो समयसम्म पनि नफर्केपछि सहकर्मीहरुले उनको खोजी गरेका थिए।

राती १२ बजेतिर मात्रै कारागार प्रशासनलाई अरु कैदीले खबर गरेको जेलर पुष्कर खड्काले जानकारी दिए ।चुकल लगाएको अवस्थामा सौचालय भीत्रको फलामको डण्डीमा पासो लगाएको देखेपछि प्रहरीलाई खबर गरिएको खडकाले बताए। लामा कारागारका नाईके समेत हुन। बडा दशैंको अवसरमा कैलाली कारागारबाट १० जना कैदीहरु रिहा भएपछि तनावमा आएकाले लामाले आत्महत्या गरेको हुनसक्ने सहकर्मीहरुले बताएका छन्।

डाँका चोरी मुद्धामा ४ वर्ष डेढ महिना कैद सजाय भोगीरहेका खगेन्द्र वोहरा, गोवीन्द रावत र विवेह शाही, ज्यानमार्ने उद्योग मुद्धामा ५ वर्ष कैद सजाय तोकीएका रामपति चौधरी, वल्लु राना, हरी नारायण चौधरी, कर्तव्य ज्यान मुद्धामा ५ वर्ष जेल सजाय सुनाईएका आशादेवी चौधरी, चोरी मुद्धामा ४ वर्ष जेल सजाय भोगीरहेका मन वुझाउने चौधरी, वहुविवाह मुद्धामा सजाय काटिरहेका हंस वहादुर वुढा र सितादेवी कुवरको बाँकी रहेको कैद मिनाहा भएको थियो।

लामालाई २०६६ असार १८ गते कैलाली जिल्ला अदालतले अपहरण तथा शरिर बन्धक बनाएको अभियोगमा १२ वर्षको जेल सजाय र एक लाख जरिवाना सुनाएपछि उनी कैलाली कारागार चलान गरिएका थिए । प्रहरीले लामाको साथबाट सुसाईट नोट समेत फेला परेको जनाएको छ । गएको असार देखि डायरी लेखिरहेका लामाले असोज १९ गतेको मितिमा आफ्ना भाई सुमनलाई सम्बोधन गर्दै आफुले आफ्नै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन ।

‘भाई सुमन तिमिले आमाबुवालाई सारै दुख दियौं, मैले बुवाआमाको लागि केही गर्न सकिन, झन् तिमिले पनि आमा बुवालाई धेरै दुख दिन थाल्यौं, त्यसैले मसँग आत्महत्या बाहेकको कुनै विकल्प रहेन’ आफ्नै भाई सुमनलाई सम्बोधन गर्दै उनले डायरीमा लेखेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सागर जेलभीत्र सारै मिलनसार थिए, त्यसैले उनलाई नाईके पनि बनाईएको हो, नाईके भएको ब्यक्तिको, भुक्तान गरेको एक वर्षको एक महिनाका दरले कैद मिनाहा हुन्छ’ जेलर खडकाले भने। उनले दशैंका अवसरमा १२ वर्ष कैद भुक्तान गरेका कैदीको मात्रै बाँकी कैद मिनाहाको सिफारिस भएकाले, उनले आफु रिहा नभएको झोकमा आत्महत्या नगरेको दाबी गरे ।

प्रहरीले, लामाको पासो, सोमबार विहान पत्रकारहरु बोलाएर मात्रै काटेको थियो। उनको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । झण्डै ६ महिना अघि पनि कैलाली कारागारमा एक जना महिला कैदीले आत्महत्या गरेकी थिइन ।
                       भिडियो हेर्न यहाँ क्लिक गर्नुस ..
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget