अनुसन्धानकर्ताहरूले के पाए भने रति क्रियाका क्रममा कामोत्कर्ष प्राप्त गर्ने महिलाहरू कामोत्कर्ष प्राप्त नगर्ने महिलाहरूको अपेक्षा कामुक विचारहरूमाथि धेरै ध्यान केन्द्रित गर्दछन । यो अध्ययन १८-६७ बर्षका २५१ महिलाहरूमाथि गरिएको थियो । उक्त अध्ययनका क्रममा सबै महिलाहरूसंग रति क्रियाको समयमा उनीहरूको विचारहरू, मनोभावहरू तथा स्वभावका बारेमा प्रश्नहरू सोधिएको थियो ।
निष्कर्षमा यो कुराको खुलासा भएको छ कि महिलाहरूको चरमोत्कर्षमा नपुग्नुको पछाडी कामुक विचारहरूको कमी रहेको थियो । साथै यो कुरा पनि पत्ता लागेको छ कि केही महिलाहरू जसलाइ चरमोत्कर्ष प्राप्त गर्नमा कठिनाई हुने गर्दथ्यो, उनीहरू भित्र यौन सम्बन्ध बनाउने क्रममा केही यस्ता बिचारहरू आउने गर्दथे, जसको यौन सम्बन्धहरूसंग कुनै सम्बन्ध हुदैनथ्यो ।
बेल्जियमको युनिभर्सिटी अफ लाउवेनका प्रोफेसर पास्कल डे सूटरले बताए अनुसार उनीहरूले यो अनुमान गरेका थिएनन कि महिलाहरूमा चरमोत्कर्षको संज्ञानात्मक पहलू यति धेरै महत्वपूर्ण होला, जस्तो निष्कर्षमा देखिएको थियो । सूटरका अनुसार, शरीर र तौलको चिन्ताबाट पनि यौन सम्बन्धका बेला महिलाहरूको ध्यान भड्किने गर्दछ । यो अध्ययन पत्रिका ‘सेक्सोलोजिज’ मा प्रकाशित भएको छ । (एजेन्सी)
Post a Comment