news and more entertainment

आनन्द लुट्ने तौरतरिका

सेक्स नितान्त व्यक्तिगत विषय हो। तर, प्रसिद्ध व्यक्तिहरूको यौन जीवनबारे बडो अभिरुचि राखिने गरिन्छ। अझ मनोरञ्जन उद्योगका ठूला नामहरूको सेक्ससम्बन्धी कुनै पनि कुरामा सबैका कान ठाडा हुने गरेका छन्। आम मानिसको सेक्सप्रतिको यस्तो अभिरुचि बुझेर नै होला, फिल्मकर्मीले बेला–मौकामा यौन जीवनका अत्यन्त निजी र गोप्य पाटा उद्‍घाटित गर्छन्। यसो गर्ने सवालमा हलिउड फिल्मकर्मी सबैभन्दा अगाडि छन्।
अमेरिकी अभिनेत्री इभा लंगोरिया पार्कर फिल्म र टेलिफिल्मको दुनियाँमा चिनिएको नाम हो। 'डेसपरेट हाउसवाइफ'जस्तो सुपरहिट सिरियलमा काम गरेकी उनको सेक्स गर्ने आफ्नै काइदा छ। हातखुट्टा बाँधेर विवशजस्तो बनेको अवस्थामा सेक्समा सरिक हुन भनेपछि आफू हुरुक्क हुने उनी बताउँछिन्। केही समयअघि 'द सन' पत्रिकालाई दिएको अन्तरवार्तामा उनले आफ्नो यौन जीवनबारे खुलाउँदै भनिन्, 'मलाई साधारण तरिकाले गरिने सेक्समा त्यति रुचि छैन। आफ्नो हातखुट्टा बाँधिएको होस् र यही अवस्थामा सेक्समा लीन हुन पाइयोस्, त्यसमा पो छ त वास्तविक मजा।' हातखुट्टा बाँध्नका लागि रेशमको मफलर भयो भने सुनमा सुगन्ध थपिएजस्तो लाग्दो रहेछ, उनलाई। 'सेक्स भनेको समर्पण हो। जब तपाईं पार्टनरअघि आफूलाई बाँधेर प्रस्तुत हुनुहुन्छ, तब तपाईंले ऊसमक्ष आफूलाई पूर्ण समर्पण गरिदिनुभएको हुन्छ,' गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेकी ३९ वर्षीया पार्करले भनिन्।
अर्की हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनको सेक्सको आनन्द लिने काइदा पनि रोचक छ। 'लस्ट इन ट्रान्सलेसन' फिल्मकी यी अभिनेत्रीले रंगजगतसम्बन्धी समाचार प्रकाशन गर्ने कन्ट्याक्ट म्युजिक डट कमलाई केही समयअघि भनेकी थिइन्, 'ओछ्यान, म्याट्रेस, बाथटब धेरै ठाउँमा सेक्स गरियो, तर कारभित्र गरिने सेक्सलाई कुनैले उछिन्न सक्दैन। कामोत्तेजना जागेका बेला पार्टनरलाई लिएर कारमा लग्ने र धीत मरुञ्जेल सेक्स गर्ने उनले बताइन्। 'एकान्त ठाउँमा कार रोकिएको होस्,' उनले भनिन्, 'वातावरण शान्त होस्। बाहिर झमझम पानी परेको छ भने अझ राम्रो। यस्तोमा सेक्स गर्नुको मज्जा नै अद्भुत हुन्छ।' अहिले उनी फ्रेन्च पत्रकार रोमेन डुरिखसँग यस्तो सेक्सको आनन्द लिइरहेको बताइन्छ।
बारबाडोसमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाई विश्वभरि करोडाँै प्रशंसकको मन जित्न सफल पपगायिका रिहानाको सेक्स शैली इभासँग मिल्दोजुल्दो छ। उनलाई पनि हातखुट्टा बाँधिएको अवस्थामा सेक्स गर्न औधी मन पर्छ। 'हातखुट्टा बाँधिएको अवस्थामा सेक्स गर्दा मलाई आनन्द आउँछ,' उनले भनिन्, 'त्यसमाथि पार्टनरले मेरो शरीरमा प्रेमपूर्वक चाबुक लगाउँदै सेक्स गर्न थाल्यो भने दिव्य आनन्द आउँछ।' 'रोलिङ स्टोन' पत्रिकालाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएकी हुन्। कुटाइ खाँदा रमाइलो लाग्छ भन्ने तपाईं कतै आत्मपीडक त होइन भनि सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, 'हो, तपाईं मलाई आत्मपीडक भन्न सक्नुहुन्छ। म कसैका निम्ति बनेकी हुँ भन्ने महसुस हुन्छ, त्यस्तो बेला। यस्तो अनुभूति मलाई प्रिय लाग्छ।'
रिहानाको जस्तै रुचि थियो, बेलायती गायिका अमी वाइनहाउसको पनि। सन् २०११ मा निधन भएकी यी गायिका पनि पार्टनरले चाबुक लगाउँदै सेक्स गर्दा आफूलाई असीम आनन्द आउने बताउँथिन्। उनका ब्वाइफ्रेन्ड जोनी हेडलकले एउटा अन्तरवार्तामा एमीको यौन स्वभावबारे चर्चा गर्दै भनेका थिए, 'हरेक पटक सेक्स गर्दा उनलाई मैले अनिवार्य रूपमा चाबुक लगाउनुपर्थ्यो। खासगरी हिपमा चाबुक लगाउन उनी कर गर्थिन् र मैले त्यसो नगरुञ्जेल मान्दै मान्दिन थिइन्।'
अमेरिकी र्या पर लुडाक्रिसको यौनसम्बन्धी रुचि भने अलिक भिन्न छ। गर्लफ्रेन्ड फेरिरहन खप्पिस उनी सेक्सका क्रममा पार्टनरको खुट्टामा बढी ध्यान दिन्छन्। 'निश्चय पनि म सुन्दर चेहरा, बलियो मन भएकी युवतीप्रति आकर्षित हुन्छु,' उनले भने, 'तर, म जहिले पनि पार्टनरको खुट्टामा मुख्य आकर्षण भेट्छु। पार्टनरको नांगो कुर्कुच्चा नसुमसुमाएसम्म उत्तेजिन तै हुन्न।'
अमेरिकाकी बियोन्से नोवेल्स गायन र अभिनय क्षमताबारे सबै जानकार छन्। उनको यौन जीवन र चरित्र पनि खुला छ। गत वर्ष 'फ्लन्ट' म्यागजिनलाई दिएको अन्तरवार्तामा उनले आफ्नो यौन रुचि खुलस्त पारेकी थिइन्। पेरिसमा सेक्स गर्दा आफूलाई हदै आनन्द आउने उनले बताएकी थिइन्। 'पेरिस मलाई लोभ्याउने शहर हो,' उनले भनेकी थिइन्, 'पेरिसमा सेक्स गर्नुको मज्जा बिछट्टै हुन्छ। त्यसमाथि लुभ्र संग्रहालय वरिपरि सेक्स गर्न पाइयो भने त स्वर्गै पुगेजस्तो हुन्छ।' आफ्नो कामोत्तेजना जाग्ने स्थितिबारे उनले भनिन्, 'साँघुरो सिरक होस्, ग्लासमा रेड वाइन होस् र छेउको आइपडमा रक एन्ड ब्लुज गीत बजिरहेको होस्। यति भएपछि मेरो शरीर र मन दुवै सेक्सका लागि तत्पर हुन्छन्।' सन् २००३ मा निस्किएको 'डेन्जरस्ली इन लभ' एल्बमका लागि पाँच वटा प्रतिष्ठित अवार्ड पाएकी ३२ वर्षीया बियोन्सेका श्रीमान् जे–जेड हुन्।
nagariknews बाट भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget