news and more entertainment

नाठोसँग मोज गर्न नपाउँदा श्रीमानको हत्या

भारदह १ स्थित कोशी ब्यारेक आसपास मृत अवस्थामा फेला परेका सुनसरी हरीपुर ८ का एक भैंसी व्यापारीको हत्या उनकै जेठी श्रीमतीको योजनामा भएको अनुशन्धानबाट खुलेको छ । प्रहरीले मृतकका जेठी श्रीमती सबरुल खातुनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा यस्तो रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक दिपक कार्कीलाई उदृढ गर्दे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी हरीपुर ८ का भंैसी व्यापारी मस्तकिम मियाको गत साउन २३ गते सप्तरीको भारदहस्थित एक केराबगानमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानकै क्रममा गाउँका स्थानीय युवा मतावुल मियासंग जेठी श्रीमती सबरुलखातुनको अनैतिक कृयाकलाप र सम्पर्क बढ्दै जाँदा श्रीमान मस्तकिम बाधक बनेको र उनलाई पन्छाउनको निमित्त हत्या योजना बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक दिपक
कार्कीका अनुसार श्रीमान मस्तकिमको हत्या योजना बनाउने उनकै जेठी श्रीमती सबरुल खातुन रहेको र उनको स्थानीय गाउन्का युवकसँग अनैतिक सम्बन्ध रहँदै आएको कारण श्रीमानको हत्या योजना बनाएको पनि प्रहरी सामु स्विकारेको बताएका छन् ।
प्रहरी नियन्त्रणमा रहेकी खातुनलाई थप कारवाहीका लागि बुधवार अदालत सामु पेस गरिने कञ्चनपुर प्रहरी निरिक्षक दिपक कार्कीले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget