news and more entertainment

अर्जेन्टिनालाई हराउँदै जर्मनीले जित्यो विश्वकप

३० असार, काठमाडौं । अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले २४ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली मुलुक समेत बनेको छ ।चार वर्षका लागि फुटबलको राजा छान्न माराकाना रंगशालामा भएको खेलमा जर्मनीका लागि ११३ औं मिनेटमा मारियो गोटेजले निर्णाायक गोल गरेका थिए । आन्द्रे सुर्लेको क्रसलाई छातिले नियन्त्रणमा लिँदै उनले आकर्षक भली गोल गरे ।
११७ औं मिनेटमा मेस्सीको हेडर बारको केहीमाथिबाट बाहिरियो भने ११९ औं मिनेटमा मेस्सीको फ्रिकिकले सही दिशा लिन नसकेपछि जर्मनीको जित पक्का भयो।यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिनाले गोल गर्ने सुन्दर अबसर खेल फालेको थियो । १९ औं मिनेटमा अर्जेन्टिनाका गोन्जलो हिगुइन वान भर्सेज वानमा चुकेका थिए । ३१ मिनेटमा लाभाजीको पासमा हिगुइनले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।
दोस्रो हाफमा मेस्सी र प्लासियोले गोल गर्ने मौका खेर फाले । जर्मन डिफेन्डर बेनेडिक्टको प्रहार बारमा लाग्दा हजारौं जर्मन समर्थक चुकचुकाएका थिए ।१२० मिनेटको खेलमा अर्जेन्टिनाले एउटा पनि सर्ट टार्गेटमा पार्न सकेको थिएन । उसका नौं वटै प्रयासले फ्रेममा पर्न सकेको थिएन । तर, जर्मनीले भने पााच पटक अर्जेन्टिनी पोष्टमा धाबा बोलेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget