news and more entertainment

ब्राजिल विश्वकपमा कीर्तिमानै कीर्तिमानको ओइरो ! के के भए त किर्तिमान ?

 ब्राजिलमा जारी विश्वकप फुटबलमा अहिलेसम्मको नतिजा यसअघिकोभन्दा बिल्कुल फरक छ । प्रि क्वाटर फाइनलसम्म आइपुग्दा विभिन्न कीर्तिमानहरु कायम भएका छन् । त्यसैले यो विश्वकपलाई इतिहासमै अत्यन्त रोमाञ्चक विश्वकप भन्न थालिएको छ र धेरै तथ्यहरुले यसलाई प्रमाणित पनि गरेको छ ।
Colimbia
लामो समयदेखि कायम रहेको गोल, उमेर र खेलाडीको नामको लम्बाइको कीर्तिमान यसपटक भंग भैसकेका छन् र सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्वीटर दुवैमा यसपाली कीर्तिमानी संख्यामा विश्वकप सम्बन्धी बहस भएको छ ।
फुटबलको कुरा गर्नासाथ गोलको चर्चा सबैभन्दा पहिले र बढी हुने गर्दछ । त्यसैले जारी विश्वकपमा गोलका हिसाबले निर्णय गर्ने हो भने यसपटकको विश्वकप अहिलेसम्मकै सबैभन्दा मनोरञ्जनात्मक देखिएको छ किनभने समूह चरणमा नै कीर्तिमानी १ सय ३६ गोल भएका छन् ।
World Cup
यसअघिको कीर्तिमान रहेको सन् २००२ को जापान र दक्षिण कोरियामा भएको विश्वकप भन्दा यो संख्या छ गोलले बढी हो ।
नकआउट चरणमा पुग्दा नाइजेरियाविरुद्ध पउल पोग्बाले गरेको हेड गोल १ सय ४६ औ गोल थियो जुन सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको कुल गोल संख्या भन्दा एक गोल बढी हो । अघिल्लो विश्वकपको सो गोल संख्या ६४ वटा खेलको संस्करण सुरु भए यताकै सबैभन्दा कम थियो ।
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा बुढाा खेलाडीको रुपमा कीर्ति बनाएका क्यामरुनका रोजर मिल्लालाई कोलम्बियाका गोलरक्षक फेएर्ड मोन्ड्रागोनले उछिनेका छन् । उनी ४३ वर्षका भए । सन् १९९४ मा क्यामरुनका स्ट्राइकर मिल्ला ४२ बर्षको उमेरमा विश्वकप खेलेको थिए ।
त्यस्तै घानाका असुमो उजानले विश्वकपमा अफ्रिकाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । अफ्रिकाका उच्च गोलकर्ता । पोर्चुगलसँग दुई एक गोल अन्तरले हार्दा उजानले विश्वकपमा गरेको त्यो छैठौँ गोल थियो ।
समूह ‘जी’को खेलमा जर्मनीविरुद्ध गोल हानेका २८ बर्षीय उनी तीनवटा विश्वकपको अन्तिम चरणमा गोल गर्ने पहिलो अफ्रिकी खेलाडी पनि बनेका छन् । छैठौँ गोल गरेपछि उजानले यसअघि मिल्लाले राखेको पाँच गोलको कीर्तिमान आफ्नो बनाए ।
Greece
त्यसै गरी ग्रिसका पापास्तातोपोलुस सबैभन्दा लामो थर भएका गोलकर्ताका रुपमा दवी गरिएको छ । ग्रीस कोस्टारिकासँग पेनाल्टीमा पराजित भएपछि विश्वकपबाट बाहिरियो तर उसले सबैभन्दा लामो थर भएका गोलकर्ताको हक ब्राजीलमा दाबी गरेको छ ।
कोस्टारिकासँग बराबरी गर्दै खेललाई थप समयमा पुर्याउन नाटकीय रुपमा गोल गरेका सोक्रेटिस पापस्तातोपोलुसले उक्त सम्मान कायम गरे ।
यसपटकको विश्वकपले सामाजिक सञ्जालमा पनि कीर्तिमानी स्थान पाएको छ । ब्राजीलले पेनाल्टी प्रहारमा चिलीलाई हराएको खेलकाा बारेमा मात्र एक करोड चौसठ्ठी लाख ट्वीट गरिएको थियो ।
Ghana players
त्यस मध्ये पनि नाटकीय रुपमा चिलीका गोन्जालो जाराले निर्णायक पेनाल्टी गोल गर्न असफल भएको बारे ३ लाख ८८ हजार ९८५ वटा ट्वीट भएको थियो । सामाजिक सञ्जालको इतिहासकै त्यो सबैभन्दा बढी ट्वीटको आदान प्रदान भएको घटना हो ।
यसअघि सन् २०१४ मै सुपर बाउलको खेलका बेला एक मिनेटमा ३ लाख ८२ हजार ट्वीट गरिएको थियो जसले सन् २०१२ को अमेरिकी निर्वाचनको बेला बनेको ३ लाख २७ हजार ४५२ ट्वीटको संख्या नाघेको थियो ।
फेसबुकमा यो विश्वकपलाई लिएर एक अर्बवटा अन्तर्क्रियाहरु भए जुन उक्त सामाजिक सञ्जाल स्थापना भएको १० वर्षमा सबैभन्दा ठूलो संख्या हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget