बैसाख २९,एजेन्सी । अष्ट्रियाको कोन्चिता वस्र्टलाई ५९ औं वार्षिक युरोभिजन संगीत प्रतिस्पर्धामा विजेता घोषित गरिएको छ । यसको आयोजना डेनमार्कको राजधानी कोपेनहेगनमा गरिएको थियो ।
कोन्चिताको वास्तविक ना टम न्यूवर्थ हो । उनको गीत ‘राइज लाइक ए फिनिक्स’ले प्रतिस्पर्धाका क्रममा २९० अंक पाएको थियो । केन्चितालाई दाह्रीवाल महिला भनेर पनि चिनिने बीबीसीले बताएको छ ।
उनले सो दाह्रीलाई संहिष्णुताका प्रतीकका रुपमा लिएको बताउँदै आएकी छिन् । प्रतियोगितामा नीदरलेड्सले २३८ अंकका साथ दोस्रो स्थान हासिल गरेकी छिन् । अष्ट्रियाले १९६६ पछि पहिलोपटक प्रतियोगिता जितेको हो । पछिल्लो १० वर्षमा दोस्रोपटक फाइनलमा पुगेको हो ।
पुरस्कार ग्रहण गर्ने क्रममा उनले भनिन्, ‘यस रात शान्ति र स्वतन्त्रतामा भरोसा राख्ने मानिसप्रति समर्पित छ । तपाईं चिन्नहुन्छ तपाईं को हो ? हामीमा एकता छ र हामीलाई रोक्न सक्दैन ।’
‘म यस्तो दुनियाँको कल्पना गर्छु कि जहाँ हामीलाई लैंगिकता र कोसँग प्रेम गर्छौं जस्ता अनावश्यक कुरा गर्न जरुरी पर्दैन’, उनले भनिन् ।
Post a Comment