जापानको चर्चित कार्टुनहरु मध्ये एक ” डोरेमन ” अमेरिका जाने भएको छ । भविष्यबाट आएको जादुमय गोजी तथा जहाँ पनि जान सक्ने यन्त्र भएको रोबोट बिरालो ” डोरेमन” यसै बर्ष देखि अमेरिकाका डेब्यु गर्ने भएको छ ।
उक्त चर्चित पात्र डोरेमनको आंशिक हक सम्हालेको हाल टिभी आसाईले डिज्नीसग सहकार्य गरि यस कार्टुनलाइ अंग्रेजीमा प्रसारण गरे पनि सहमतिमा पुगेको बताइएको छ । प्रशारणको दशकौ बिताएको डोरेमनले एसियाभर बालबालिकाहरुको मन जित्न सफल छ । अमेरिकी बालबालिकाहरुले रुचाउने किसिमको यस कार्टुनको २६ ओटा श्रृन्खलाहरु प्रसारण हुने बताइएको छ ।
कलाकार फुजिको एफ फुजिओले सन् १९६९ मा पहिलो पल्ट मान्गा स्ट्रिपमा प्रश्तुत गरेको डोरेमनको टेलिभिजन नभई ठुलो पर्दामा चल्ने ठुरै फिल्महरुको समेत निर्माण भैसकेको छ । कार्टुनको निलो तथा ठुलो गोलो टाउको भएको चर्चित पात्र २२ औ सताब्दी बाट २१ औ सताब्दीको एक बालकको आफ्नो तथा आफ्नो परिवारको इच्छा पुरा गर्न आएको हुन्छ
Post a Comment