नायिकाहरूबारे बलिउडमा एउटा कुरा धेरैले चर्चा गर्ने गर्छन्, ‘बिहे भएपछि निर्माता निर्देशकमात्र होइन दर्शकले पनि अभिनेत्रीलार्इ फिल्मको पर्दामा देख्च चाहदैनन् ।’
यसो भनिरहँदा बलिउडका केही नायिकाहरूले अपवादका रूपमा विहेपछि पनि फिल्म पाइरहेका छन् । तर पनि एक विवाहित नायिकालार्इ पहिलेको जस्तै बलिउडमा टिकिरहन भने ठूलै संघर्ष गर्नुपर्ने बाध्यता छ ।
अहिले यो कुराको नायिका करिना कपुर खानले पनि महसुस गरेकी छन् । सन् २०१२ मा नायक सैफअली खानकी दोस्री पत्नी बन्न पुगेकी करिना कपुर फिल्म हात लाग्न छोडेपछि केही समययता तनावमा रहेको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
करिनाले हालै करण जौहरको मेगा प्रोजेक्टवाला फिल्म ‘शुद्धि’ छोडेकी छन् । यसअघि ‘चेन्नई एक्सप्रेस’ र ‘रामलीला’ बाट पनि उनले हात धोएकी थिइन् ।उनलार्इ ती फिल्म लत्याउनुको पछुतो कति भएको होला, त्यसको कल्पनामात्रै गर्न सकिन्छ ।
तर पनि अहिलेको अवस्थामा करिनासँग रोहित सेट्टीको फिल्म ‘सिंघम २’ भने छ । त्यसका अलावा उनीसँग अरू कुनै पनि फिल्म छैनन् ।
करिनाले बिहेपछि खेलेर हलमा लागेका दुर्इवटै फिल्म ‘सत्याग्रह’ र ‘गोरी तेरे गाउँ में’ ले बक्स अफिसमा पानी समेत पिउन नसकेपछि म्याडम करिनामा निर्माता निर्देशकको नजर पर्न छोडेको हो ।
त्यही कारण आजकाल करिना बेरोजगार बन्न पुगेकी हुन् । करिना सञ्चारमाध्यममा प्रसारित बेरोजगारी भएको खबरले धेरै नै चिन्तामा परेकी हुन् । यो कुरा दर्शकसम्म पुग्ने गरी फैलिएमा अझै केही साल बलिउडमा जम्ने सपना टुट्ने पिरले करिनालार्इ नराम्ररी सताएको छ ।
अब हेर्न बाँकी छ, करिना यो समस्याबाट मुक्त भएर साँच्चिकै पहिलेजस्तै बलिउडमा जम्छिन् या जम्दिनन् । मिडियमा प्रकाशित भएजस्तै यी दिनहरूमा निर्माता निर्देशकहरूले लिन नमानेको कुरा गलत सावित गर्न करिनाले के गर्छिन् प्रतिक्षाको विषय बनेको छ ।
Post a Comment