शुक्रवारबाट देशव्यापी रिलिज भएको चलचित्र ‘कोहिनुर’को शुक्रवार बिहान राजधानीमा ‘बिशेष सो’ गरियो । सो मा सञ्चारकर्मी सहित अन्य चलचित्रकर्मी तथा चलचित्रको युनिटले सँगै बसेर चलचित्र हेरे, तर मुख्य अभिनेता अभिनेत्री श्रीकृष्ण श्रेष्ठ र श्वेता भट्टराईको उपस्थिती बिनाको कार्यक्रम फिक्का देखिएको थियो, भने उपस्थित सबैले बिरामी श्रीको स्वास्थ्य लाभक कामना गरेका थिए ।
चलचित्र प्रदर्शनमा आएसँगै छायाँकनको समयदेखी नै बिरामी परेका अभिनेता श्रीको स्वर समेत निर्देशक आकाश अधिकारीले नै दिएको समेत खूलेको छ । चलचित्र हेरिसकेपछी धेरैले निर्देशक आकाशको कथा र श्री अनि श्वेताको अभिनयको प्रशंसा गरेका थिए ।
चलचित्र हेरिसकेपछी अभिनेत्री रेखा थापाले उत्कृष्ट मध्येको एक चलचित्र ‘कोहिनुर’ भन्दै श्री र श्वेताको अभिनयको तारिफ गरिन् । मुख्य कलाकार श्री बिरामी परेर भारतको नयाँ दिल्लीमा उपचार गराईरहेका छन भणे अभिनेत्री तथा श्रीकृष्ण पत्नि श्वेता पनि श्रीसँगै छिन् । निको हुन नसकेपछी चलचित्रको प्रदर्शनको समयमा समेत उनीहरु नेपाल आउन सकेनन र अस्पतालबाट नै दर्शकको लागी शन्देस पठाएका थिए । चलचित्रले ओपनिङ दिन शुक्रवार मध्यम सुरुवात गरेको छ ।
Post a Comment