६ जेठ, धरान । मिस नेपाल-२०१४ की विजेता सुविन लिम्बू गृहनगर धरानमा स्वागत सम्मान ग्रहण गर्न व्यस्त बनेकी छिन् । मिस नेपाल बनेपछि पहिलोपटक धरान आउँदा उनलाई धरान-१६ पावर्ती टोलमा स्वागतद्वार नै बनाएर स्थानीयले स्वागत गरे ।
शनिबार धरान आइपुगेकी उनलाई विभिन्न संघ, संस्थाहरुले स्वागत सम्मान गरिरहेका छन् । त्यस्तै सियोन स्कूल धरान-१६ ले सुविनलाई स्कुलमै आमन्त्रण गरेर सम्मान गरेको छ ।
मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाएकी सुविनले स्कूलका विद्यार्थीहरुलाई जीवनमा सफल बन्नका निम्ति सधैं प्रयासरत रहन सुझाव दिइन् । उनले आफू मिस नेपाल भएर पनि आफूलाई एक साधारण व्यक्तित्वको रुपमा राख्न नै बढी रुची रहेको बताइन् ।
’मिस एसएलसी’मा २५ किशोरी छानिए
यसैवीच धरान जेसिजले आयोजना गरेको मिस एसएलसी-२०७१ का लागि पूर्वका २५ किशोरीहरु छानिएका छन् । अडिसनमा सहभागी ५४ किसोरीमध्ये निणर्ायकहरुले २५ छानेका हुन् ।
अडिसनमा सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, झापा र उदयपुर जिल्लाका किशोरी सहभागी थिए । उनीहरुलाई विभिन्न तालिम दिलाएर जेठ ३० गते धरान सभागृहमा ग्राण्ड फाइनलमा सहभागी गराइने कार्यक्रम संयोजक दीपेन्द्र निरौलाले बताए ।
अडिसनमा १४ देखि १९ वर्ष ननाघेका, उचाइ कम्तिमा ५ फिट र अभिभावकको मञ्जुरीनामा एवं अविवाहित हुनुपर्ने सहभागीको योग्यता तय गरिएको थियो । अडिशनमा कोरियोग्राफर ललित राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्षकेशव घिमिरे, डिपोट उच्च माविका प्राचार्य राजकुमार राई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा.धनकेशर खड्का निर्णायक थिए ।
उनीहरुलाई र्याम्प वर्क, क्याटवाक र स्टेज कभरको साथै उद्घोषण कला, प्रभावकारी भाषणकला, आधारभूत मेकअप, बेसिक फोटोसुट, डाइनिङ बिहेबियर र कागजका सामान बनाउने तामिल पनि दिइने क्रिएटिभ डाइरेक्टर शिवराज श्रेष्ठले बताए ।
यस्तै, विभिन्न सामाजिक र मानवीय सेवाका क्रियाकलापमा पनि उनीहरुलाई सहभागी गराउने उनले बताए । पेजेन्टअन्र्तगत मिस फोटोजेनिकको लागि फोटोसेसन, सरसफाइ, ट्राफिक व्यवस्थापन, योगा कक्षा र मिस ट्यालेन्ट पनि आयोजना हुनेछ ।
बिजेताले मिस एसएलसीको ताजसहित सिल्ड र डिपोट उच्चमाविमा प्लस टुको छात्रवृत्ति पाउनेछन् भने मिस टिनमा सहभागी हुने अवसर पनि पाउनेछ । यस्तै, फष्ट रनरअप र सेकेण्ड रनरअपले ताज र सिल्ड पाउनेछ । बिजेतालाई नगद पुरस्कारको पनि व्यवस्था गर्न प्रायोजकको खोजी भइरहेको आयोजकले जनाएको छ ।
यसबाहेक, मिस ट्यालेण्ट, मिस ब्युटिफुल, मिस एक्टिभ, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लिन र सिम वेष्ट गाउन ड्रेसअपको पनि पुरस्कार दिइने आयोजकले जनाएको छ ।
Post a Comment