news and more entertainment

प्रियंका माथिको लगानी सुरक्षीत कि जोखिम ?

priyanka-kari-white-dress
उसो त सिनेमामा खेलाउन कलाकार कसलाई लिने भन्दैमा निर्माताहरुको दिमाग खिइन्छ । यसैले पनि चलेपनि नचलेपनि सिमित कलाकार नै पर्दामा दोहोरिएका हुन्छन् ।
यतिबेला नायिका प्रियंका कार्की सिने नगरीमा सर्वाधिक व्यस्त छिन् । उनी माथि ठूला-ठूला ब्यानरले लगानी गरिरहेका छन् । चलचित्र ‘थ्री लभर्स’, ‘कलिउड’ र ‘भिजिलान्ते’ पूर्णतया असफल भएपछि प्रियंकाको करिअर धरमराएको विश्लेषण धेरैले गरेका थिए ।
तर पछिल्लो समयमा ‘झोले’को हिट र ‘नाई नभन्नु ल २’ को ब्लकबस्टर व्यापारले प्रियंकालाई लिएर लाखौ लगानी गर्नेहरु मख्ख देखिएका थिए । उसो त सिनेमा चलाउने काम कलाकारको मात्र होइन । तर शुक्रबार र शनिबार सिनेमा हेर्न दर्शकलाई हलसम्म तान्नमा कलाकारको स्टारभ्यालू र चर्चाले सर्वाधिक महत्व राख्दछ । यदि कुनै सिनेमा चलेको खण्डमा म पनि हिट भन्दै कलाकार हिड्न सक्छन् भने सिनेमा असफल भएको खण्डमा त्यसको जिम्मेवारी लिन पनि सक्नुपर्दछ ।
नायिका कार्कीलाई लिएर यतिबेला आधादर्जन सिनेमा तयार भैसकेका छन् । केही सिनेमा छायांकनमा छन् भने कतिपय सुटिङको तयारीमा पनि छन् । ‘नाई नभन्नु ल २’ हिट हुनुको पछाडि नायिका कार्कीको भूमिका सामान्य मात्र देखिएको विश्लेषण हुँदै आएको छ । किनकी, ‘नाई नभन्नु ल २’ गीत र बालकलाकारको कारणले चलेको वुझ्न खासै घोत्लिनु पर्दैन ।
तर दर्शकलाई हलसम्म तान्ने एक मात्र हतियार मानिएकी प्रियंकाको ‘आवरण’ले नै न्यून व्यापार गरेपछि, प्रश्न सोझिएको छ, आखिर उनी माथिको लगानी सुरक्षित कि जोखिम ?
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘आवरण’ले शुक्रबार र शनिबार १० लाख हारहारीको ग्रस कलेक्शन गर्‍यो । जुन प्रियंका जस्ती हिरोइन भएको सिनेमाका लागि निक्कै दुखद हो । प्रियंकाको स्टारडमले शुक्रबार र शनिबारको कलेक्शन आक्रामक हुनु पर्ने हो, तर यस्तो भएन ।
यसैले पनि ‘आवरण’ सफल सिनेमाको सूचिमा नपर्ने निश्चित छ । यसले नायिका कार्कीलाई दरिलो झट्का दिएको छ । जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो वेष्ट फ्रेन्ड’मा पनि नायिका कार्कीको नै मुख्य भूमिका छ । यो सिनेमाको व्यापारले प्रियंकाको स्टारडमलाई कता तर्फ डोर्‍याउने हो, तय गर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget