बलिउडमा एकपछि अर्का कलाकारको घरवार विग्रिएको खबर सार्वजनिक भैरहेको छ । ऋतिक रोशन र उनकी पत्नीको डिभोर्सको घटना सेलाएको छैन । नायिका विद्या बालनको घर पनि विग्रन लागेको खबर भारतीय मिडियाले केही दिन अघि मात्र सार्वजनिक गरेका थिए ।
यसै क्रममा नायिका ऐश्वर्या रायको घरवार पनि विग्रन थालेको बताइन्छ । ऐश्वर्या र उनकी सासुआमा जया बच्चनले एकअर्कालाई बहिष्कार गर्न थालेको समाचार त केही समय अगाडिको नै हो ।
तर अब ऐश्वर्या र उनका पति अभिषेक बच्चनको सम्बन्धमा पनि खटपट आउन थालेको बताइन्छ । हालै मात्र ऐश्वर्या राय अभिषेकविना नै एक फिल्म फेस्टिबलमा छोरी अराध्यालाई लिएर हिडेकी छिन् । जसका कारण पनि अभिषेकसँग उनको सम्बन्धमा खटपट सुरु भएको केही चर्चित भारतीय अनलाइन पत्रिकाले जनाएका छन् । उनीहरुका अनुसार ऐश्वर्या र अभिषेकले आफूहरु अलग भएको घोषणा गर्न सक्छन् ।
सात बर्ष अघि विवाहा बन्धनमा बाँधिएको यो जोडी चाडै नै अलग हुनसक्छ, एक लिडिङ पत्रिकाले श्रोतको हवला दिदै उल्लेख गरेको छ ।
Post a Comment