news and more entertainment

४७ बर्ष पुगिन् माधुरी दिक्षित, जान्नुहोस उनीबारे १० रोचक जानकारी

भारतीय सिने उद्योगकी सुन्दरी नायिका माधुरी दिक्षित ४७ बर्ष पुगेकी छिन् । १५ मे, १९६७ मा महाराष्ट्रमा जन्मिएकी उनले ‘अबोध’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । कुशल नृत्यङ्गना माधुरीलाई आज पनि लाखौं करोडौं युवतीले नृत्यमा आदर्श मान्छन् ।
madhuri-dixit-sexy-stills-0आउनुहोस् आज हामी उनका केही गोप्य सूचनाहरु जानकारी दिंदै छौं ।
१. माधुरीलाई सलमान खानको अपोजिटमा‘हम अपके हे कौन’का लागि २ करोड ७५ लाख भारतीय रुपैयाँ पारिश्रमिक दिइएको थियो । यो रकम त्यो बेलाको महंगो हो ।
२. माधुरी बलिउडकी एकमात्र यस्ती नायिका हुन जो उत्कृष्ट अभिनेतृका लागि १३ पटकसम्म फिल्म फेयर अवार्डमा मनोनयन भएकी थिइन् ।
३. सुरुमा माधुरीलाई फिल्म लाइनमा जाने कुनै इच्छा थिएन् । उनले माइक्रोबायोलोजीमा डिग्रि लिएकी थिइन र माइक्रोबायोलोजिष्ट वा प्याथोलोजिष्ट बन्न चाहान्थिन् ।
४. माधुरीको सुन्दरबाट फिदा हुने हजारौ थिए । त्यसमा पनि भारतका चर्चित पेन्टर एमएफ हुसेन यस्ता फ्यान थिए जसले ‘हम अपके हे कौन फिल्म हलमै पुगेर ६७ पटक हेरेका थिए । आज नाचले फिल्म हेर्न उनले पुरै फिल्म हल बुक गरेका थिए ।
५. माधुरीले सन् २०११ मा पूर्व को–स्टार अनिल कपुरले बनाउन लागेको फ्रिकी फ्राइडे फिल्मको लिड रोल अस्वीकार गरेकी थिइन् ।
६. कहे छोड मोहे गीतमा नृत्य गर्दा माधुरीले ३० किलो तौलको सारी लगाएकी थिइन् । यसैका कारण उनलाई नाच्न केही अप्ठेरो भएपनि उनले काम छाडिनन् ।
७. माधुरी कथ्थक नृत्यमा निकै पारङगत छिन । उनले ८ बर्षसम्म नृत्य सिकेकी थिइन् ।
८. माधुरी उनको समयकी एकमात्र यस्ती नायिका हुन जसलाई कथ्थक गुरु पण्डित बृजु महाराजको कोरियाग्राफीमा देवदास फिल्ममा नृत्य गर्ने अबसर पाएकी थिइन् ।
९. माधुरीप्रति फ्यानको यति जबरजस्त क्रेज छ कि, उनको जन्म मिति अर्थात् मे १५ बाट सुरु हुने गरि भारतको जमदेशपुरका एक फ्यानले क्यालेन्डर बनाएका छन् । उनले माधुरीको जन्म दिनमा राष्ट्रिय बिदा दिन सरकारसित माग पनि गरेका छन् ।
१०. माधुरी दिक्षितका दुई रुपा र भारती नामका दुई दिदी र अजित नामका एक भाई छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget