सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दुर्गाबाबु पाठक गीतसंगीतमा पनि उत्तिकै रुची राख्छन् । हालै मात्र ‘पंक्षी’ एल्बम बजारमा ल्याएका उनी दोश्रो दोहोरी एल्बम बजारमा ल्याउने तयारीमा लागेका छन् । पेशाको कामबाहेक अन्य समय संगीत कर्ममा लाग्ने पाठक सानै उमेरदेखि गीत गाउनमा तल्लिन रहन्थे ।
यो पेशामा लाग्ने मान्छेको मन कठोर हुन्छ भन्ने वुझाई धेरैको छ । तर यी इन्स्पेक्टर भन्छन्, ‘हामी पनि सुखदुःख सबै अनुभव गर्न सक्छौ । ममा पनि त्यही मानवियता, मायाप्रेम छ ।’ यसलाई संगीतमार्फत बाहिर ल्याउने उनको भनाई छ । उनी गायनका अलवा शब्द रचना तथा संगीत पनि आफै
भर्छन् । हालै मात्र बजारमा आएको ‘पंक्षी’ एल्बममा पनि उनले धेरै गीतमा स्वर, शब्द तथा संगीत भरेका छन् । हजुरको देशमा, पलपल तिम्रै यादले, मेरो मायालाई जस्ता गीतले उनी चर्चित छन् । हालै मात्र चितवनमा सम्पन्न कालिका म्यूजिक अवार्डमा ‘बेष्ट लोकल आर्टिस्ट’को उपाधी उनले पाएका थिए ।
गायिक अन्जु पन्तसँग उनले आवाज दिएको ‘निद्रा लाग्दैन’ बोलको गीत पनि अहिले चर्चामा छ । राजनराज सिवाकोटीले शब्द तथा संगीत भरेको गीतमा मोडल केकी अधिकारीले अभिनय गरेकी छिन् ।
Post a Comment