news and more entertainment

अम्बानीको घर विश्वकै महंगो

न्यूयोर्क । रिलायन्स इन्ड्रस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी संसारका धनी व्यक्तिमा अग्रपंक्तीमा छन् । अब उनको मुम्बइस्थित गगनचुम्बी ‘एन्टीलिया’ भवन पनि संसारकै सबैभन्दा महंगो आवास घर मानिएको छ । फोब्र्स पत्रिकाको ताजा अंकमा यो उल्लेख छ । फोब्र्स पत्रिकाको यो सूचीमा भारतीय मुलका अर्का उद्योगपति लक्ष्मी मित्तलको लन्डनस्थित घर पनि समावेश छ ।
सबैभन्दा धनी भारतीय उद्यमी मुकेशको ४ लाख बर्ग फुटमा फैलिएको २७ तले गगनचुम्बी भवनको नाम एटलान्टीक ओशीयनको पौराणिक द्वीपको नामबाट ‘एन्टीलीया’ राखीएको हो । संसारका महंगा भवनको सूचीमा फोब्र्सले यसलाई सबैभन्दा माथि राखेको छ । फोब्र्सका अनुसार एक अरबदेखी दुई अरब डलरको वीचमा निर्माण भएको यो नै संसारको महंगो आवास भवन हो । घरको छैंठो तलामा भूमिगत पार्किङ, तीन हेलिकाप्टर अवतरण गर्न मिल्ने ठाउँ छ । यसको हेरचाहका लागि ६ सय कर्मचारीको जरुरी पर्छ ।
विश्वका २१ वटा महंगा आवास गृहको सूचीमा मित्तलको लण्डनस्थित कनेसिंगटन प्यालेस गार्डेन्समा रहेको भवन संसारको ५ औं र १८ औं स्थानमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget