पेटको बोसो धेरै तरिका बाट घटाउन सकिन्छ,केहि घरेलु उपायहरु तल दिएका छन् :
अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो
धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व
मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो
घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् ।
दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् ।पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ ।
मनतातो पानीमा एक चिम्टि नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।
सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री
बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस्
।
गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो
खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र
तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
प्रशस्त
मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने
दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको
पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई
हटाउने गर्दछ ।
काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना
चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यो पद्धतीले तपाईंको तौल
घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ ।
शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । तरकारी र फलफूलमा बढि जोड दिनुहोस्
। दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको
शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न
कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।
Post a Comment