news and more entertainment

नक्कली लिंगले देखायो कमाल

एक २० वर्षीय युवकले देखाएको हिम्मतले उनीप्रति हुने आलोचना बन्द गराउन सफल भएका छन् । यी युवकको कथा सानैदेखि दुखद् थियो । जब उनी सानै थिए अपरेशनका क्रममा आफ्नो यौनअंग आंशिक रुपमा गुमाएका थिए ।
त्यतिबेला उनको उमेर मात्र सात वर्षको थियो । आफ्नो यौनअंग वापस पाउनकालागि उनले ठुलो हुँदासम्म आश मारेनन् । उनले कयौपटक आंशिक यौनअंग विकसित गराउनका लागि अनेक अपरेशन गराउन चाहे ।
सन् २००७ मा उनकी श्रीमतीले पनि उनको साथ छोडिन् । किनभने उनी सन्तान दिन लायक थिएनन् ।तर, उनले दोस्रोपटक विवाह गरे । साथै आफ्नो यौनअंगलाई पूर्णरुपमा अपरेशनको सहयोगमा विकसित गराउने प्रयास पनि जारी राखे । अपरेशनका लागि उनको चौथो प्रयास सफल भयो ।
अपरेशनपछि माइकको स्पर्माट आर्टिफिसियल इनसेमिनेशन प्रविधिबाट पत्नी हिथरलाई गर्भवती बनायो । अपरेशनपछि माइकको यौनअंग पूर्णरुपमा विकसित भइसकेको छ। तर, उनलाई प्राकृतिक भन्न सकिन्न । उनी आफ्नो ६ महिनाको बच्चाका साथ सन्तुष्ट छन् । उनका अनुसार यसअघि उनको जुन हालत थियो, उनले पिता बन्ने सपना देख्न छोडिसकेका थिए । तर, अब अहिले उनी सन्तुष्ट छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget