सलमान नहुँदा कट्रिनालाई आपत, रणवीरले सकेनन् सम्हाल्न
फिल्मको अफर मिलाइदिनेदेखि प्रचारप्रसारमा समेत सलमानको साथ, समर्थन, सहयो, सल्लाहका कारण कट्रिनाका सुरुवाती फिल्महरुको सुपरहिट बनेको थियो । तर अवस्था सँधै एकै भएन र कट्रिना र सलमानबीचको प्रेमसम्बन्ध ‘ब्रेक अप’ पुग्यो ।
उनीहरुबीचको ब्रेक अपले तीन वर्ष नाग्दा कट्रिनाको करिअर भने धरापमा पर्दै गएको बलिउड विश्लेषकहरुले आँकलन गर्न थालेका
छन् । यो तीन वर्षमा कट्रिनको रिलिज भएको केही फिल्मले चर्चा कमाएपनि सलमानसँग रहँदा जस्तो कट्रिनाले बलिउडमा दबदबा भने कायम गर्न सकिनन् ।
यसै वर्ष रिलिज हुनेगरी सुटिङ सुरु भएको सिद्धार्थराज आनन्दको एक्सन थ्रिलर फिल्म ‘ब्याङ ब्याङ’को पनि एकाएक सुटिङ रोकिएपछि कट्रिनाको यस वर्ष कुने पनि फिल्म रिलिज नहुने सम्भावना बढेर गएको छ । सो फिल्ममा उनी ऋतिक रोशनका साथ रोमान्समा देखिनेवाला थिइन् ।
‘ब्याङ ब्याङ’का लागि उनले समय हस्ताक्षर गर्दा कट्रिनाले यशराज फिल्मस् ब्यानरको दुईवटा फिल्म हातबाट उम्काइन् । सलमानसँगको ब्रेक अपपछि भाइ अरबाज खानले नारीप्रधान ‘डलीकी डोली’मा काम गर्न कट्रिनालाई अफर गरेपनि समय मिलाउन सकिनन् ।
सुपरहिट ‘वेलकम’मा काम गरेकी उनले सो फिल्मको सिक्वृलमा समेत काम गर्न पाइनन् । ‘धुम ३’मा एक सय दिन खर्चेर उनले भूमिका निभाएपछि फिल्म रिलिज भएपछि अमिर खानले उनलाई ओझेल पारे । फिल्मको चर्चा हुँदा जताततै अमिरको नाम आउँदा मिडिया र अन्य धेरैले कट्रिनालाई भुसुक्कै बिर्सिन् ।
यसरी कट्रिनाले एकपछि अर्को गर्दै गलत निर्णय लिइरहेकी छिन् र राम्रो ब्इानरको फिल्म पनि गुमाउन परिरहेकी छिन् । सलमानसँग हुँदा उनको सल्लाहमा चल्ने कट्रिनालाई अहिले उचित सल्लाह दिने कोही नहुँदा समस्यामा परेकी विश्लेषकहरुको दावी छ ।
हुन त अहिले कट्रिनाको अफेयर र रोमान्स अभिनेता रणवीर कपुरसँग चलिरहेको भएपनि उमेर भाइ पर्ने रणवीर आलाकाँचो भएकोले उचित सल्लाह दिन नसकेको बताइन्छ ।

Post a Comment