news and more entertainment

साहरुखलाई देश छाड्न दवाव दिंदै प्रदर्शन

saharuk
विश्वकै दोस्रो धनी कलाकार बन्न सफल बलिउड अभिनेता साहरुख खान यतिबेला आफ्नै ट्वीटको फन्दामा परेका छन् । उनले भारतीय लोकसभाको निर्वाचनताका ट्वीट गर्दै यदि नरेन्द्र मोदी प्रधानमन्त्री बने भने सिर्फ ट्वीटर मात्र हैन सदाका लागि भारत नै छाड्दिन्छु भनेपछि उनलाई भारत छाड्न दवाव दिंदै हिन्दु सेनाले विरोध प्रदर्शन गरेका छन् ।
समाचार अनुसार मोदी प्रधानमन्त्री बन्ने निश्चित भैसकेपछि उनीहरुले साहरुखको फोटोमा आगो लगाउँदै विदेश पठाउन माग गरेका हुन् । शुक्रबार दिल्लीको जन्तर मन्तरमा हिन्दु सेना तथा अन्य प्रदर्शनकारीहरुले त्यस्तो माग गरेका हुन् ।
स्मरणीय के छ भने यसअघि मोदी प्रधानमन्त्री बन्ने निश्चित भएपछि अभिनेता कमल हसनले भारत छाडिसकेका छन् । हसनले पनि मोदी प्रधानमन्त्री बने भने देश छाड्ने घोषणा ट्वीटरमार्फत गरेका थिए । उनले १७ मईमा देश छाडेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget