यशराज ब्यानरका मालिक आदित्य चोपडासँग बिहे गरेपश्चात नायिका रानी मुखर्जीको चर्चा पनि खुबै भएको छ । उनी यशराज ब्यानरकै चलचित्र ‘मर्दानी’बाट बलिउडमा कमब्याक गर्ने दाउमा छिन् ।
तर उनै रानीले आफ्नो विज्ञापन रेट बढाएको बताइन्छ । एक हाउजिङ कम्पनीले उनलाई विज्ञापनका लागि सम्पर्क गरेको थियो । तर उनले ६ करोड रुपैयाँ माग गरेपछि रानीको विकल्प खोजिएको बताइन्छ ।
रानीको मार्केट भ्यालु अहिले खासै छैन । तर यशराजका मालिकसँग बिहे गरेपछि भने रानीले एकाएक चर्चा पाएकी छिन् । यसैले पनि उनले आफ्नो विज्ञापन रेट बढाएको हुनसक्छ । तर रानीलाई ६ करोड दिएर कुनै विज्ञापन कम्पनी किन रिस्क लिन चाहन्छ र ?
Post a Comment