एक अन्तरराष्ट्रिय एजेन्सीले गरेको सर्वेक्षणमा बलिउड नायिका प्रियंका चोपडा सुन्दर महिलाहरुको सूचिमा परेकी छिन् ।
अधिकांश हलिउड स्टारहरुले पकड जमाएको यो सूचिमा प्रियंका एक मात्र बलिउड नायिका हुन् ।
यो एजेन्सीले विश्वका १३ सुन्दर महिलाहरुको सूचि सार्वजनिक गरेको हो । विश्व चर्चित गायक ब्रायन एडम्सको साथमा फोटोसुट गरेकी प्रियंकाले एक एल्बम पनि निकालेकी छिन् ।
यो एजेन्सीले विश्वका १३ सुन्दर महिलाहरुको सूचि सार्वजनिक गरेको हो । विश्व चर्चित गायक ब्रायन एडम्सको साथमा फोटोसुट गरेकी प्रियंकाले एक एल्बम पनि निकालेकी छिन् ।
चोपडाले यो सूचिमा पर्दा आफू निक्कै खुशी भएको बताइन् । पूर्व मिस वल्र्ड चोपडा बलिउडमा मात्र नभएर विश्वमै चर्चित छिन् । यो सूचिमा एलिसा मिलर, बियोन्स, लगायतका विश्व चर्चित स्टारहरु छन् ।

Post a Comment