news and more entertainment

जहिले राजेश हमाल, त्यहीले विराज भट्ट

rajesh-and-biraj
प्रसंग नेपाली सिनेमाका दुई चर्चित नायक राजेश हमाल र विराज भट्टको चलचित्रको हो । वितरकहरुको लडाइले दुई नायकको सिनेमालाई पनि असर गर्ने पक्का छ । स्टारहरुको भेला नै गराइएको चलचित्र ‘मुखौटा’ले आफ्नो प्रदर्शन मिति दुई साता पछि सारेको छ । जेठ १६ गते प्रदर्शनमा आउने भनिएको यो सिनेमा अब जेठ ३० मा मात्र प्रदर्शनमा आउने भएको छ ।
रिफ इन्टरटेन्मेन्टले तयार पारेको यो सिनेमाको प्राविधिक काम नसकिएकाले पनि २ साता पछि सरेको वुझिन्छ । तर निर्माणपक्षले प्रचारप्रसार नभएको भन्दै २ साता पछि सार्नु नै उपयुक्त ठानेको हो । अर्पण थापाको निर्देशनमा तयार भएको यो सिनेमालाई रविन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, अर्पण थापा, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, निशा अधिकारी, हषिर्का श्रेष्ठ, प्रशान्त ताम्राकार, सुनिल थापाको मुख्य भूमिका छ ।
यसैबिच चलचित्रको वितरण कम्पनी पपकर्नसँग जुहारी खोज्दै विराज भट्टको चलचित्र ‘सुटर’ पनि जेठ ३० मा नै लगाइने भएको छ । ‘मुखौटा’ १६ गते प्रदर्शनको चर्चा चल्दा ‘सुटर’ पनि सोही मितिमा ल्याउनेे तयारी गरिएको थियो । तर ‘मुखौटा’ सरेपछि ‘सुटर’ पनि दुई साता पर धकेलिएको छ । जसका कारण पनि वितरकहरुको लडाई यो मितिमा हुने देखिन्छ ।
केही समय अघि मात्र स्थापाना भएको पपकर्नसँग अन्य वितरकहरुको सम्बन्ध सुमधुर हुन सकेको छैन । जसको कारण पनि वितरकहरुको जुहारी अन्य सिनेमामा पनि चल्ने निश्चित छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget