यसैबीच पछिल्लो समय जिटिभीको रियालिटी शो डिआइडी लिटिल मास्टर्समा एक प्रतिस्पर्धी टेरिया फौजा छाएकी छिन् | पहिले नाम सुन्दा भारतीय भएजस्तो लागेता पनि उनको बोलीको लवज तथा उनकी आमालाई देख्ने धेरैले उनी नेपाली मुलकी भारतीय होलिन् भन्ने लख काटेका थिए ।
तर उनी नेपाली नागरिक हुन् भन्ने कुरा धेरैले धेरैपछि मात्र थाहा पाए । रुपन्देहीको रुद्रपुर गाविस ६ सुनगाभा चोक स्थायी घर भएकीटेरिया नेपालबाटै डिआइडी लिटिल मास्टर्समा भाग लिन भारतको मुम्बई पुगेकी हुन् ।
डिआइडी लिटिल मास्टर्सको मञ्च आफैंमा निकै ठुलो र प्रतिष्ठित पनि छ । प्रतियोगिताका निर्णायकहरु बलिउडका गन्येमान्य कोरियोग्राफरहरु छन् ।
। अहिले ६ कक्षामा पढिरहेकी उनले नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पहिलो भएर एक लाख रुपैयाँको पुरस्कार पनि हात पारिसकेकी छिन् । नेपाल टेलिभिजन बाट प्रसारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम ‘खोजि प्रतिभा’कोमा उनी शीर्ष १० मा पुगेकी थिइन् ।
। अहिले ६ कक्षामा पढिरहेकी उनले नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पहिलो भएर एक लाख रुपैयाँको पुरस्कार पनि हात पारिसकेकी छिन् । नेपाल टेलिभिजन बाट प्रसारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम ‘खोजि प्रतिभा’कोमा उनी शीर्ष १० मा पुगेकी थिइन् ।
बलिउडका अब्बल अभिनेता तथा डीआइडीका ग्राण्ड माष्टर मिथुन चक्रवतीले टेरियालाई अझै माथिको उचाई चुम्न सक्ने प्रतिक्रिया दिंदै नेपाल र नेपालीको क्षमताको प्रशंशा गरेका थिए । टप नाइनका लागि भएको भोटिङ्गमा उनले सवैभन्दा बढि भोट पाएकी थिइन् । उनले आफूलाई भोट गर्ने देशविदेशका सवैलाई धन्यबाद दिंदै सवैको भोटको सम्मान गर्ने बताएकी छिन् ।
डिआइडी लिटिल मास्टर्सको पछिल्लो भागमा उनले आफ्नी आमाको बारे सुनाएर सवैलाई भावुक बनाएकी थिइन् । मेरी आमाले मलाई भविष्यमा कोरियोग्राफर बनाउन चाहनुहुन्छ टेरियाले हिन्दी भाषामा भनिन् यसकै लागि आमा क्याण्टिनमा अरुले खाएका जुठा भाँडा माझ्नुहुन्छ । खाना पनि खानुहुन्न तर मलाई खाइसकें भनेर ढाँट्नुहुन्छ । छोरीको यस्तो खुलासा सुनेर दर्शकदीर्घामा रहकी आमाले सुक्सुकाउँदै छोराछोरीले खाए आमाहरु त्यसै अघाउने बताएकी थिइन् ।
नृत्यमा औधी रुची भएकी तथा त्यसै अनुसारका सफलता पनि हात पर्दै गएकी टेरियाले भाग लिएको कार्यक्रम हरेक शनिबार र आइतबार बेलुकी सवा ९ बजे जिटिभीबाट प्रसारण हुँदै आएको छ ।
मुम्बईमा अडिसन दिएर टप टेनमा पुगेकी टेरियालाई उपाधितिर अघि बढाउन अब उनको लगन मेहनत र क्षमताले मात्रै नपुग्ने भएको छ ।यसका लागि उनलाई अनाईन भोटिङ्ग आवश्यक छ । नेपाली बालिका टेरियालाई अनलाईन भोटिङ्ग गरि नेपाली शान,मानको उचाई अझ बढाउनुहोस् |
Post a Comment