news and more entertainment

थर्काउँदै भने, ‘तलाई म बार गर्ल जस्तो लाग्यो’

namrata-sapkota
पत्रकारिताले नयाँ कुराको खोजी गर्छ । कलाकारलाई समाचार बन्दैन भनेका कतिपय कुराहरुलाई पनि पत्रकारको आखाले समाचार देख्छ । केही दिन देखि मोडल तथा नायिका नम्रता सापकोटासँग कुरा गर्ने चाहना मनमा पलाएको थियो ।
काठमाण्डौको एक क्याफेमा भेट्ने फोन बार्ता पश्चात सिमित प्रश्नलाई दिमागमा सेट गर्दै नम्रतालाई भेट्न लागे । उसो त उनी कुनै चर्चित सेलिब्रेटी भैसकेकी थिइनन् । तर पनि खै किन किन, प्रश्नको जालोले मलाई नम्रता तिरै नै सोझायो ।
उनमा खुल्लापन थियो । जे गर्दैछु ठिक गर्दैछु भन्ने मनोविज्ञानले नम्रता फुरुङ्ग थिइन् । तर मेरो प्रश्न उनकै स्वतन्त्रता माथि नै तेर्सियो । के मा व्यस्त ? ‘भिडियो’मा प्रश्न र उत्तर सँगै खसे ।
सुन्दरता बचाउन ‘हट लेमन’ पिउने उनको रोजाइले पनि मलाई नम्रताको स्वास्थ्य प्रतिको सजगता वुझ्न गाह्रो भएन । २ वटा सिनेमा खेल्ने वित्तिकै उनमा स्तरिय चलचित्रको धङधङी सवार भएको मैले वुझे ।
किन पछाडि त तपाई, सिनेमा छैन त बजारमा ? मैले नम्रताको स्वतन्त्रताको उमंगमाथि नै प्रहार गर्दै प्रश्न सोझाए । २ वटा सिनेमा खेलेकी नायिका अब स्तरियताको मार्क लगाउँदै थिइन् । संभवत उनको स्तरियता मापन गर्ने भाषा वेग्लै थियो होला ।
म्यूजिक भिडियो, मोडलिङ, स्टेज शो नै उनको भाषामा व्यस्तता थियो । ‘अन्य नायिका आफू भन्दा माथि पुग्दा डाहा हुदैन ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget