news and more entertainment

कोरियामा नेपालीले काम गर्ने कम्पनीमा आगलागि

aaglagiसउल । दक्षिण कोरियामा नेपालीले काम गर्ने एक कम्पनीमा आगलागि भएको छ । उहिजम्बुस्थित युरिम कम्पनीमा बिहीबार अपरान्ह ३ बजे आगलागि भएको सोही कम्पनीमा कार्यरत झापाका बालकुमार बान्तवाले बताए ।
आगलागिमा परी एक नेपाली सहित एक कोरियन घाइते भएका छन् । घाइते भएका धरानका पासाङ्ग सेर्पा र कोरियन नागरिक दुवैको अवस्था समान्य सहेको छ । बिजुलीको ट्रन्सफरमर बन्ने उक्त कम्पनीमा फलाम सफा गर्ने सिन्हा(प्रजवलनसिल पदार्थ)बाट आगो सल्किएको प्ररम्बिक अनुसन्धानमा देखिएको बान्तवाको भनाई थियो ।
सात जाना नेपाली सहित २६ जाना उक्त कम्पनीमा कार्यरथ थिए । आगो सल्किएको थाहा भएन एक्कसि धुवाको मुस्लोमात्र देखिए पछि भागदैाड मच्चियो , ज्यान बच्ला जस्तो लागेको थिएन तर बचियो बान्तवाको भनाई थियो ।
तर आगो सल्किएको नजिकै काम गर्ने पासाङ्ग जी भने अलि सारो भएको थाहा पाएर तत्काल हस्पिटल लगियो अहिले वाहाको अवस्था सामान्य छ हामी सातैजानना नेपाली सकुसल छैा । बान्तवाले भने तर आगलागिको स्थिति भने डर लाग्दो थियो ।
-  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget