news and more entertainment

बजारमा सधैं हल्लीखल्ली, नेपाली फ्लिम बिकाउनका लागि चल्यो 'सेक्स क्लिप'को लहर

'सन्तान' फिल्ममा करिश्मा केसीले फिल्मका खलपात्र उज्ज्वल घिमिरेसँग सँगै सुतेको दृश्य देखाइँदा मात्र पनि दर्शकहरुका लागि पाच्य हुँदैनथ्यो । तिनै करिश्माले पछि 'मनोकामना' फिल्ममा किस सिन गरेको देख्दा त धेरैले कुनातिर फर्किएर जिब्रो टोक्थे ।

तर, समय फेरिएको छ । प्रविधिको जालोले धेरै मान्यताहरुमा परिवर्तन ल्याइदिएको छ । नेपालमा अब सिनेमा चलाउनका लागि सेक्स एउटा अपरिहार्य 'मसला' नै बनिसकेको छ । त्यसैले अब फिल्ममा सेक्स सिनहरुको बाढी आउन थालेको छ । बेड सिन, किस सिन, सेक्स सिन के के हो, के केको सिनैसिन ! हेर्दाहेर्दा, चलचित्रको यात्रा यहाँसम्म पुगिसक्यो कि अब सेन्सरले सिनेमा नै रोकिदिनुपर्ने अवस्था आइसकेको छ । केही हप्ता अघिमात्र 'द लास्ट किस'ले प्रदर्शनको अनुमति नै पाएन । सेन्सर बोर्डले सामाजिक सद्भाव बिथोल्ने अश्लील सिनेमा भन्दै प्रदर्शन नै रोकिदियो ।

अहिले यतिबेला उमा बेबीले निर्माण गरेको चलचित्र 'इशारा' को फेसबुकभरि चर्चा छ । जसमा पनि सेक्सलाई विकाउ वस्तुका रुपमा मज्जाले पस्किइएको छ । इन्टरनेटभरि 'इशारा' को सेक्सी ट्रेलरको चर्चा परिचर्चा छ । फिल्मको कास्टिङसहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् । युवा निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भूपेन चन्दको मुख्य अभिनय रहेको छ ।

फिल्मले सेक्स विषयलाई समेटेको छ । यो अहिलेको नौलो कुरा भएन । तर, रोचक प्रसङ्ग त के भने, उक्त क्लिप हेर्दा लाग्छ फिल्मले कतै सेक्स क्लिप सार्वजनिक भएका नायिकाको कथालाई उठान गरेको त हैन ? युवापुस्ता माझ रुचाइएकी नायिका प्रविधि प्रेमी बनेर बेडैमा रतिक्रिडा खिचेपछि बबाल मच्चिएको २ वटा घटना पनि ताजै छन् । त्यसैले उक्त आशङ्कामा यसले बल पुर्‍याएको छ । नायिका नम्रता श्रेष्ठ र पूजा लामाले फिल्मको ट्रेलरमा देखाइएजस्तै सेक्स क्लिप बाहिरिएको थियो । जुन पछि सार्वजनिक भएर हङ्गामा मच्चियो । नायिका नम्रता श्रेष्ठको १२ मिनेट र ६ मिनेट लामो सेक्स क्लिप एकाएक सबैको हातमा पुगेपछि हङ्गामा मच्चिएको थियो । त्यसपछि सफलताको चुचुरोमा पुगेकी नायिका सडकमै पछारिइन् ।

त्यसपछि अर्की नायिका पूजा लामाको सेक्स क्लिप सार्वजनिक भयो । उक्त क्लिप सार्वजनिक भएपछि उनले प्रेमी शिशिर स्याङतानसँग बिहेको नाटक नै गर्नुपर्‍यो । तर, बिहे लामो समय टिकेन । पूजाले तिनै प्रेमी र पछि श्रीमान् समेत भएका शिशिरले आफ्नो अश्लील भिडियो बनाएर बेच्न खोजेकोले त्यसको बदला लिएर छाड्ने कुरा सार्वजनिक रुपमा नै आफ्नो फेसबुक पेजमा लेखिन् । उनले उक्त फेसबुक पेजमा शिशिरलाई जस्तोसुकै हालतमा नछोड्ने धम्की समेत दिएकी थिइन् । त्यसैले दुई नायिकाको सेक्स क्लिपले गराएको बर्बादीको कथावस्तु 'इशारा'मा राखिएको पनि त हुन सक्छ भन्ने बजार हल्ला चुलिइरहेको छ ।

सेक्स क्लिपमा युवतीले युवकलाई सोध्छे, "कतै यो भिडियोले मेरो सत्यनाश त हुने होइन ?" युवकले भन्छ, "हे, पूजा ! अहिलेको मोर्डन जमानामा पनि तिमी के यस्तो पुरानो कुरा गरिरहेको होला ?"

सेक्स भिडियो खिच्नुलाई मोर्डन जमानाको मानिने भ्रममा पर्ने युवाहरुको कथा भएको निर्देशक सबिर श्रेष्ठले नेपालीपत्रलाई बताएका छन् । यसमा यसअघि सेक्स भिडियो रिलिज भएका कुनै पनि नायिकाहरुको कथालाई नसमेटिएको उनले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget