एकतर्फी प्रेम गरेर तेजाब हालेर हत्या गर्ने अपराधीलाई फाँसीको सजायको घटना भारतीय इतिहासमा पहिलो भएको बताइएको छ । यो फैसलापछि न्यायपालिकामा मानिसहरुको विश्वास बढ्न थालेको पाइएको छ ।
सन् २०१३ को जुलाई २० मा योगेन्द्रले रुबीमाथि तेजाब हालेका थिए । रुबी आफ्नो माइती आएकी थिइन् र सबैजना सुतिरहेका थिए । योगेन्द्रले राती घरमा सुटुक्क छिरेर रुबीमाथि तेजाब हालेका थिए । परिवारका सदस्य समात्न जाँदा उनीहरुमाथि पनि तेजाबको आक्रमण गरेका थिए । यो घटना मध्य प्रदेशको मुरैना जिल्लाको पोरसा इलाकामा भएको थियो । घटना भएको अर्को दिन निकै पीडादायी अवस्थामा रुबीको मृत्यु भएको थियो । (एजेन्सी)
Post a Comment