भारतीय संचारमाध्यमका अनुसार सलमानले करण जोहोरले निर्देशन गर्न लागेको फिल्म ‘शुद्धि’का लागि १ सय ५० करोड अर्थात् डेढ अर्ब पारिश्रमिक मागेका छन् ।
दुवै पक्षले यसको आधिकारिक पुष्टि नगरेपनि स्रोतको हवाला दिँदै अधिकांश भारतीय संचारमाध्यमले समाचार लेखेका छन् ।
स्रोतका अनुसार सलमानले आफ्नो पारिश्रमिकका रुपमा पहिलो हप्ताका बेसिक कमाई, स्याटेलाइट् राइट्स बिक्रिको ४० प्रतिशत हिस्सा र फिल्मको कुल मुनाफाको ४० प्रतिशत हिस्सा माग गरेका छन् ।
यदि सलमानको मागअनुसार करणले पारिश्रमिक दिए भने यो भारतीय फिल्म इतिहासमै सवैभन्दा धेरै पारिश्रमिक ठहरिने फिल्म ब्यापार बिश्लेषक तरण आर्दश बताउँछन्
Post a Comment