कुवेतसीटी । कुबेतमा सवारी दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ । सिक्स रिंगरोडको ३६० महल नजिकै सवारी दुर्घटना हुँदा अमेरिकाना बास्किन रबिन्स कम्पनीमा कार्यरत चन्द्रबल राईको ज्यान गएको हो ।दुर्घटनामा परि गम्भीर घाइते भएका रार्इको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । डिउटीकै क्रममा गत बिहिबार राती लगभग साढे ११ बजे होमडेलीभेरीको लागि जाँदै गर्दा आफैले चलाएको पिकअप भ्यानलाई अर्को गाडीलेठक्कर दिएपछि दुर्घटना भएको हो ।
खोटाङ मात्तिम-७ कातिके घर भएका ३० बर्षीययुवा चन्द्रबल राई बिगत ३ बर्षदेखि कुबेतमा कार्यरत थिए । कलिलो उमेरकाराईले गत बर्ष मात्र छुट्टीमा जाँदा बिहे गरेर फर्किएको खोटाङ कुबेत सम्पर्क मन्चका उपाध्यक्ष मन्जित राईले जानकारी दिए ।
उनका अनुसार शब नेपाल पठाउन नेपाली दूतावासमार्फत पहल भइरहेको बताए । मृतकको शब फर्वानिया हस्पिटलमा राखिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment