शरीरलाई कति तौल चाहिन्छ उचित तौल राख्न के गर्नु पर्छ !
बिएमआई सामान्य देखिएको वयस्कमध्ये सबैको तौल स्वास्थ्यको हिसाबले एकदम सही हुनैपर्छ भन्ने छैन । 'यदि बिएमआई सामान्य छ भने तपाईलाई आफ्नो कम्मरको व्यास समेत नाप्नुपर्छ,' 'यदि कम्मरको घेरा महिलाको ३२ इन्च र पुरुषको ३५.६ इन्चभन्दा कम छ भने तौल घटाउने चिन्ता लिइरहनु नै पर्दैन ।'
बिएमआईका लागि तौल र उचाइ जान्नै पर्छ । तौल जुत्ता, चप्पल र भारी कपडाबिना नाप्नुपर्छ । यसो भएमा मात्र बिएमआईले शरीरको तौल उचाइको अनुपातमा ठीक वा छैन भन्ने सही बताउँछ । बिएमआई २९.९ भन्दा बढी हुनु हुन्न । बिएमआईको सामान्य श्रेणी गर्भवती महिला र दुध खुवाउने आमामा लागू हुँदैन ।
'बिएमआई र कम्मरको नापमा सधैं ध्यान राख्नुपर्छ,' 'यदि यसमा वृद्घ देखियो भने केही गर्नैपर्छ ।' सामान्य बिएमआई भएकाहरूले समेत दिनहुँ करिब ३० मिनेट व्यायाम गर्नुपर्छ । यो ३० मिनेटको अवधिलाई भने पूरा दिनमा बाँड्न सकिन्छ । 'भर्याङ चढ्नु, तीव्र गतिले हिँड्नु, नाच्नु, घरको सफाइ गर्नु, लुगा धुनु र करेसाबारीमा काम गर्नु पनि यसैमा पर्छन्,।
जति व्यायाम, त्यति नै फायदा हुन्छ । कोलेस्ट्रोल र चिनी कम गर्न व्यायाम गर्नुहुन्छ भने त्यो न्यूनतम एक घन्टाको हुनुपर्छ । यस्तै प्राणायामलाई त्यो एक घन्टाको व्यायामकै अन्तर्गत नराखी पूरक व्यायामको रूपमा राख्ने सल्लाहरूसमेत डा.रावत दिन्छन्, 'एक घन्टा व्यायाम गरेपछि प्राणायाम गर्नुस् तर व्यायामकै समयमा प्राणायामलाई न जोड्नुस् ।'
शरीरको उचित तौल
एउटा वयस्कको शरीरको अपेक्षित तौल उसको लम्बाइअनुसार हुनुपर्छ, जसले उसको शारीरिक गठनलाई अनुकूल बनाओस् । सामान्यतः १८.५ बिएमआईभन्दा मुनि भएकालाई अस्वस्थको श्रेणीमा राख्न सकिन्छ । यस्तै १८.५ देखि २३ बिएमआईसम्मकालाई साधारणमा राख्न सकिन्छ भने २३.१ देखि ३० बिएमआई भएकालाई बढी तौलमा राखिन्छ । ३० भन्दा बढी बिएमआई हुनेलाई मोटो व्यक्तिको रूपमा लिइन्छ ।
अर्को एउटा प्रक्रियाअनुसार आफ्नो सेन्टिमिटर स्केलमा भएको उचाइबाट एक सयलाई घटाउँदा आउने संख्या तपाईको सही तौल हुनेछ । जस्तै एक सय ५० सेन्टिमिटर अग्लो मान्छेको सही तौल ५० किलोग्राम मानिन्छ ।सामान्य बिएमआईको फाइदा बिएमआईलाई सधंै २३ भन्दामुनि राख्दा फाइदा हुन्छ, मधुमेह हुँदैन । पहिलेदेखि नै मधुमेह छ भने चिनीको स्तर राम्रो हुन्छ । सामान्य बिएमआईले रक्तचापमा समेत कमी आउँछ । पहिलेदेखि नै भएको रक्तचापलाई समेत नियन्त्रित राख्न सघाउँछ । मुटुको रोग रोक्नुको साथै पक्षाघात हुनबाट समेत जोगाउँछ । सन्तुलित बिएमआईले केही प्रकारको क्यान्सर रोक्नसमेत सघाउँछ । कोलेस्ट्रालको स्तरलाई समेत सामान्य बनाउँछ । ब्लड फ्याट लेभेललाई समेत सामान्यमा ल्याउँछ । उमेर बढाउनुको साथै ऊर्जास्तर समेत सुधार्छ, जसकारण उमेरभन्दा जवान देखिन्छ ।
तौल कसरी कम गर्ने ?
'तारिएको खाना कम, फलफूल र सब्जी बढी खानुपर्छ,, 'टुसाएको चना र रेसायुक्त खाद्य पदार्थले पनि फाइदा गर्छ । दिनहुँ व्यायाम गर्नुपर्छ ।' उपवास बस्नाले चाहिँ शारीरिक नोक्सान हुन सक्छ । दुई पटकको खानाबीच लामो अन्तराल हुनु हुँदैन । स-सानो अन्तरालमा अलिअलि खानु पर्छ । बढी बोसोयुक्त खाना खानु हुन्न भने अल्कोहलबाट बच्नुपर्छ ।'
मोटोपनाको कारण
ऊर्जा सेवन र ऊर्जा उपयोगबीच असन्तुलनका कारणले मोटोपना हुन्छ । बढी बोसोयुक्त खाना पनि यसको कारक हो । फास्ट फुड खानाले समेत मोटोपनलाई निम्त्याउछ । कम व्यायाम र स्थिर जीवन मोटोपनाको प्रमुख कारण हो । असन्तुलित व्यवहार र मानसिक तनावका कारणले व्यक्ति विशेष बढी खाना खाना थाल्छन्, जो मोटोपनाको कारण बन्छ । शारीरिक क्रिया सही रूपले नहुँदा पनि शरीरमा बोसो जम्मा हुन्छ । बाल्यअवस्था र युवाअवस्थाको समयको मोटोपना वयस्क हुँदासम्म रहन सक्छ ।
शरीरलाई स्याउ हैन नासपाती जस्तो बनाउनुस्
मोटोपनाका दुई श्रेणी हुन्छन् । एउटा स्याउ अर्को नासपाती जस्तो शरीर हुनु । मोटोपना कम्मरभन्दा माथिल्लो भागमा हुनुलाई स्याउ आकारको मोटोपना (एप्पल सेप्ड ओबिसिट) भनिन्छ, कम्मरभन्दा मुनि मोटोपना हुनलाई नासपाती मोटोपना (पियर सेप्ड ओबिसिट) ।
नेपालमा केन्द्रीकृत मोटोपना अर्थात् भुँडी लाग्ने समस्या सबैभन्दा बढी छन् । पेटमा बोसो लाग्नु मोटोपनाको सबैभन्दा खतरनाक स्थिति हो । स्याउ आकारको मोटोपना नासपाती आकारको मोटोपनाभन्दा बढी खतरनाक हुन्छ किनभने नासपाती आकारमा थाई र नितम्बमा जम्मा भएको बोसोका कोसिकाको विशेषता स्याउ आकारको मोटोपनामा भएको फ्याट कोसिकाभन्दा फरक हुन्छ । धूमपान गर्ने व्यक्तिको मोटोपना धेरैजसो स्याउ आकारको र अन्य व्यक्तिमा यो नासपाती आकारजस्तो हुन्छ ।
चिकित्सकहरूले हिप र पेटको अनुपातमा समेत ध्यान दिनुपर्ने आंैल्याउँछन् । सामान्य व्यक्तिको हिपको आकार पेटको आकारभन्दा ठूलो हुनुपर्ने हुन्छ ।
Post a Comment