हर्मोन परिवर्तनका कारण सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कका लागि रुचि नदेखाउन पनि सक्छन् । त्यसकारण महिलाले यौनसम्पर्क गर्ने इच्छा नदेखाएसम्म हतार गर्नु हुँदैन । सामान्यतया बच्चा जन्मिएको करीब ४५ दिनसम्म रगत बग्ने हुन्छ ।६ महिनादेखि एक वर्षसम्म पनि महिनावारी नहुन सक्छ । बच्चा जन्मिएको ४५ दिन पछि महिनावारी नहुँदै यौनसम्पर्क भएको अवस्थामा भने गर्भ रहने सम्भावना धेरै हुन्छ । महिनावारी भएको छैन भन्दैमा ढुक्क भएर बस्नु भने हुँदैन ।
यदि तपाईले पहिलो बच्चा पछि दोस्रो बच्चा लामो समय पछि जन्माउन चाहनुहुन्न भने र पाठेघरको अवस्था राम्रो छ भने कपर टी (आईयुसिडी) प्रयोग गर्न सक्नुहुन्छ । डा. ज्योती अग्रवाल, स्त्री तथा प्रसूति रोग
Post a Comment