काठमाण्डौ, १० साउन । यौनप्रति मानिसहरुको चासो र जिज्ञासा धेरै नै भएको हुन्छ । मानिसहरु यौनबारे धेरै कुरा खुलेर त गर्दैनन् तर विभिन्न उपायहरु लगाएर भएपनि यौन जिज्ञासा मेटाउने काम भने गरिरहेका हुन्छन् ।
यौन बारे हालै गरिएको एक अनुसन्धानले कुन बार यौन राख्न र कुन समय निकै फलदायी हुने निष्कर्ष निकालेको छ । हालै अनुसन्धानकर्ताले गरेको एक अनुसन्धानबाट यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा राम्रो दिन भएको तथ्य सार्वजनिक भएको छ ।
लन्डन स्कूल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यौनसम्पर्कका लागि सबैभन्दा उत्तम दिन बिहीबार रहेको तथ्य सार्वजनिक गरेको हो ।
अध्ययन अनुसार बिहीबारको दिनमा पुरुष र महिलाको सेक्स हर्मोन अरु बारको तुलनामा झन्डै पाँच गुना बढेको हुन्छ । जसका कारण पुरुष तथा महिलाले सो दिन यौन सम्पर्क राखेमा अरु बारेको तुलनामा पाँच गुना बढी आनन्द लिन सक्छन् । साताका प्रत्येक दिन कुनै खास कुराका लागि महत्वपूर्ण रहेका छन् ।
लन्डनकै हजारौँ व्यक्तिसित गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा आइतबार घरको भन्दा बाहिरको खाना खान राम्रो रहेको, सोमबारको दिन मानिसलाई मुटुसम्बन्धी रोग धेरै लाग्ने गरेको, मंगलबारको दिन कामका लागि सबैभन्दा उत्तम दिन रहेको, बुधबारको दिन माया, प्रेमका लागि उत्तम रहेको, बिहीबार यौनसम्पर्क गर्नेका लागि, शुक्रबार धुम्रपान गर्नेहरुलाई छाड्न उत्तम दिन रहेको, शनिबार बच्चा पाउन सबैभन्दा उत्तम दिन रहेको उल्लेख गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Post a Comment