मानव तस्करहरुबाट ठगिएपछि नेपाली साकिराको उपाधि पाएकी गायिका इन्दिरा जोशी हनुमानढोका प्रहरीको शरणमा पुगेकी छिन् ।
युरोपको एउटा कार्यक्रममा लैजाने भन्दै
आफूलाई ठगिएको भन्दै इन्दिरा उजुरी लिएर प्रहरीको शरणमा पुगेकी हुन् ।युरोपको एउटा कार्यक्रममा लैजाने भन्दै
आफ्नो नाम बेचेर युवाहरुलाई युरोपियन देशको भिसा लगाई मानवतस्करी गरेको इन्दिराको दाबी छ । उनका अनुसार, काठमाडौंको डिल्लीबजारस्थित एलमिरा एजुकेशन ओभरसिजका सञ्चालक सुमन कार्कीले युरोपको सांगीतिक कार्यक्रममा जाने भन्दै उनको पासपोर्ट लिएका थिए । बेलायत र युरोपियन मुलुकको सांगीतिक कार्यक्रममा जान उनले कार्कीलाई पासपोर्ट पनि बुझाइन् । भिसा लागेपछि युरोपियन देशको कन्सर्टका लागि उनी तयारी गरिरहेकी थिइन् । तर, अन्तिम समयमा कार्यक्रम स्थगित गरियो ।
इन्दिरा त्यतिबेला आश्चर्यचकित भइन्, जतिबेला उनीसँगै भिसा लागेका र कन्सर्टमा सहयोगीका लागि जाने भनिएका युवाहरु बेलायत उडिसकेका थिए । पछि थाहा भयो, ती युवाहरुलाई युरोपियन मुलुकमा लैजान इन्दिराको नाम पो प्रयोग गरिएको रहेछ ।
आफ्नो नाम बेचेर मानव तस्करी भएपछि इन्दिरा न्याय खोज्दै प्रहरी सामु पुगेकी हुन् । तर, उनलाई झुक्याएर ठग्ने सुमन कार्की लगायत भने फरार रहेको प्रहरीले बताएको छ ।
चर्चित कलाकारको नाम लिएपछि भिसा लगाउन सजिलो हुने भएकाले आफूलाई त्यसी झुक्काइएको इन्दिराको दाबी छ ।
यसो त इन्दिरा यसअघि पनि यस्तै एउटा गिरोहबाट ठगिएकी थिइन् । खाडी मुुलुक दुबईमा कन्सर्टका लागि भनेर उनीसँगै अन्य केही व्यक्तिलाई त्यहाँ लगिएको उनले बताइन् ।
अमेरिका, युरोप लगायतका मुलुकमा भिसा पाउन गाह्रो हुने भएकाले तस्करहरुले कलाकारको नाम बेचेर युवाहरुसँग लाखौं रकम असुलेर मानव तस्करी गर्ने गरेको पाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment