साउन १० लहान । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य कवुली पासवानले आफ्नै दाजुभाउजुलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।
सिरहाको इटाटार गाविस ६ घर भएका पासवानले आफ्नै सहोदर दाई ओली पासवान र भाउजु ऋषिदेवी पासवानलाई निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।
काठको चिरान टुक्राले कुटपिट गर्दा ओली सामान्य र ऋषिदेवी गम्भीर घाईते भएका छन् । ऋषिदेवीको शरीरभरी निलडाम देखिएको छ । कुटपिटबाट हात समेत चलाउन नसक्ने भएकी उनको लहानमा उपचार भइरहेको छ ।
उनका छोरा धमेन्द्र पासवानले हात समेत चलाउन नसक्दा भाँचिएको हुनसक्ने बताए । लेनदेनको विषयमा विवाद हुँदा घरमा प्रवेश गरी आमा र बुवालाई निर्घात कुटपिट गरिएको धर्मेन्द्रले सुनाए ।
प्रहरी प्रशासनले केही गर्न नसक्ने भनेर तथानाम गालीगलौज गर्दै पासवानले कुटपिट गरेका थिए ।
#nepalsandesh#
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Post a Comment