सम्भोगबाट बढि भन्दा बढि आनन्द प्राप्त गर्नका लागि महिला र पुरुष दुबैले सम्भोगलाई जित र हारको विषय बनाउन नहुने विज्ञहरु बताउँछन् । पुरुष वा महिलालाई यदि सहवासको मामिलामा आफ्नो कमजोरी महसुस हुनपुग्यो वा अरु कुनै विषयले आफ्नो मर्यादा वा सक्षमतालाई माथ दियो भने सहवास सन्तोषजनक बन्न सक्दैन ।
पुरुषहरु सहवासका मामिलामा बढि इखालु हुन्छन् भनिन्छ । आफु संसारकै सबैभन्दा शक्तिवान तथा आफ्नो सहवास दुनियाकै सबैभन्दा दमदार भन्ने दम्भ धेरै पुरुषमा हुने मनोविज्ञहरु बताउँछन् ।त्यसैले यदि यो दम्भमा ठेस लाग्ने कुनै क्रिया, प्रतिक्रिया, घटना वा चिजहरु बिचमा आए भने पुरुषलाई सबैभन्दा धेरै तनाव हुन्छ । त्यस्ता चिज वा विषयलाई पुरुषहरुले आफ्नो यौन जिवनकै सत्रुको रुपमा लिन्छन् । के के हुन् त त्यस्ता सत्रु ?
१. यौन खेलौना - यौन खेलौनालाई पुरुषहरुले आफ्नो सबैभन्दा खतरनाक प्रतिस्पर्धी तथा सत्रु ठान्छन् । यसले आफ्नो यौनिकता, क्षमता, लिंगको आकार तथा सम्भोगको शैली र पार्टनरलाई सन्तुष्टि दिने मामिलामै गम्भीर प्रश्न उठाइदिएको ठान्छन् पुरुषहरु । यदि आफुबाट सन्तुष्ट नभएर पार्टनरले सेक्स टोय प्रयोग गरेमा आफ्नो हालत के होला ? भन्ने चिन्ता धेरै पुरुषहरुमा हुने बताइन्छ ।
२. शिघ्रपतन- यो पनि धेरै पुरुषहरुको टाउको दुखाइको विषय हो । विज्ञहरु भन्छन् यो समस्याबाट पीडितहरु आफ्नो कमजोरी लुकाउन सधै प्रयत्नशील हुन्छन् तर ढाँट कति दिन पो टिक्छ र ?
३. मुखमैथुन- धेरै पुरुषहरु सेक्सको मामिलामा स्वार्थी हुने विभिन्न खाले अध्ययनहरुले समेत जनाएका छन् । सम्भोगको सिलसिलामा पार्टनरले मुख मैथुन गरिदेओस् भन्ने चाहना पुरुषहरुले राख्छन् तर आफु मुखमैथुनका लागि भने तयार हुँदैनन् । पार्टनरले मुखमैथुनका लागि आग्रह गर्यो भने त्यसलाई कि त टारिदिन्छन् वा सम्भोगको सबैभन्दा ठूलो बोझको रुपमा ग्रहण गर्छन् ।
४. पोर्न फिल्म- धेरै पुरुषहरुले सम्भोगका बेला आफुलाई कुनै पोर्न फिल्मको हिरो ठान्छन् सुरुमा । तर जब सोही मुताविक केहीक्षण कस्सिन्छन् तब उनीहरुका नौनाडि गलिहाल्छन् । अनि आफैलाई निकै कमजोर तथा यौन सम्पर्कलाई निरस रुपमा लिन्छन् । त्यसैले आफ्नो यौन सम्पर्कलाई कुनै पोर्न फिल्मसँग दाँजेर सपना देख्ने बानी अर्को टाउको दुखाइको विषय हो ।
५.कण्डम- प्रायः पुरुषहरु कण्डम विना नै सम्भोग गर्न रुचाउँछन् । कण्डम प्रयोगका फाइदा थाहा हुँदाहुँदै पनि सहवासमा कण्डमको प्रयोग उनीहरुलाई लागि सबैभन्दा ठूलो सजाय जस्तो लाग्छ ।
६. जब उनले आवाजै निकाल्दिनन् वा बढि कराउँछिन्- पुरुषले सहवासका बेला प्रोत्साहन चाहन्छन्, खेलका बेला खेलाडिलाई समर्थकले बजाउने तालीजस्तै । त्यसैले सहवासमा महिलाले सन्तुष्टिसूचक आवाज निकाल्नु पुरुषका लागि उत्प्रेरक बन्दछ । तर महिलाको मौनताले पुरुषमा असन्तुष्टि र छटपटी बढाउँछ । त्यस्तै सहवासका बेला बढि चिच्याउने महिलाबाट पनि पुरुष दिक्क बन्दछन् ।
७. लिंगको आकारको कुरा- धेरै पुरुषहरु पार्टनरले आफ्नो लिंगको आकारबारे कुरा नगरुन् भन्ने चाहन्छन् । उनीहरुलाई लाग्छ, आफ्नो लिंग छोटो भएकाले आफुले पर्याप्त सन्तुष्टि प्रदान गर्न सकिरहेको छैन । लिंगको आकार जतिसुकै लामो भएपनि कुनैपनि पुरुषलाई त्यो पूर्ण लाग्दैन ।
८. पसिना- सम्भोग भनेको व्यायामको सबैभन्दा उत्कृष्ट रुप हो र यस क्रममा पसिना छुट्नु स्वभाविकै हो । तर पुरुषहरु पसिनाले भिजेको पार्टनरसँगको सहवासमा रुची राख्दैनन् ।
९.त्रिकोणात्मक प्रस्तुती- धेरै पुरुषहरु सम्भोग दुइ जना बीच मात्र होस् भन्ने चाहन्छन् एक पटकमा । दुइ पुरुष-एक महिला वा एक पुरुष-दुइ महिनाबीचको सहवासमा पुरुषले खासै रुची राख्दैनन् । दुइ बीचको सम्भोगमा तेश्रोले गर्ने क्रियाले पुरुषमा असन्तुष्टि पैदा गरिदिन्छ ।
१०. वान्स मोर- पुरुषहरु वान्स मोर को चुनौतिलाई सबैभन्दा ठूलो टाउको दुखाइ मान्छन् । एकपटकको सम्भोगपछि अर्को सम्भोका लागि तयार हुन पुरुषलाई केही समय लाग्छ । एजेन्सीको सहयोगमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment