news and more entertainment

कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

आचारसंहिताको पूर्ण बिबरणसहित

३ भदौ, काठमाण्डौ । प्रायः कलाकारको बैबाहिक जीवनमा समस्या देखिने र दोस्रो बिबाह गर्ने सामान्य कुराजस्तै भइसक्यो । तर, नेपाल चलचित्र कलाकार संघले जारी गरेको आचार संहिता मान्ने हो भने अब कलाकारले बहुबिबाह गर्न पाउने छैनन् ।
नेपालचलचित्र कलाकार संघले जारी गरेकेा ४ खण्डको आचारसंहिताको दोस्रो खण्डकोबुँदा नम्मबर ७ मा भनिएको छ- ‘ वहुविवाह, बालविवाह, अनमेल विवाह तथा दाइजोलिनेदिने गतिविधिमा संलग्न रहने छैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौ ।’
आचारसंहिता मान्ने हो भने अब कलाकारले सार्वजनिक स्थानमा चुरोट र रक्सीपिउनसमेत पाउने छैनन् । दोस्रो खण्डको पहिलो नम्बर बुँदामा भनिएको छ-’ सार्वजनिक स्थलमा धुमपान, मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिकगतिबिधिमा संलग्न हुने छैनौं ।’
आचार संहिताका विभिन्न बुँदामा ब्यक्तिगत जीबन सुधान गर्नेदेखी समाजलाई सन्देश दिनुपर्ने कुरा समेत समेटिएको छ ।
मुलुककोसुरक्षा, अमनचयनमा खलल पुरयाउने, विभिन्न जात, सम्प्रदाय, धर्म रसांस्कृतिक जीबनमा नकारात्मक असर पार्ने चलचित्रमा कुनै पनि कलाकारले अभिनयगर्न नहुने आचार संहितामा उल्लेख गरिएको छ ।
अब कुनै पनि कलाकारले निर्माता/निर्देशकको अनुमति विना आफुले अभिनय गरेकाचलचित्रको वारेमा सुचना दिन पाउने छैनन् र एउटै मितिमा एक भन्दा बढीचलचित्रमा काम गर्न नपाईने पनि उल्लेख छ । त्यसो त अरुको विचारको सम्मान रफरक मतको कदर पनि गर्नुपर्ने छ ।


यस्तो छ, संघले जारी गरेको आचारसंहिताको पूर्ण बिबरण-

क) हामी कलाकारिताको पेशागत उत्कृष्टता र गुणस्तरप्रति सजग र प्रतिवद्ध रहनेछौँ ।
१)कलाकारितालाई आफ्नो पुनित कर्म ठान्दछौँ र यो पेशाको गुणस्तर र प्रतिष्ठा बढाउन सधै प्रयत्नशील रहनेछौँ ।
२)चलचित्र कर्मप्रति सदा समर्पित रहि र आफ्नो पेशामा निष्ठावान र अनुशासित रहनेछौँ ।
३)आफूले अभिनय गर्ने चलचित्र प्रचलित कानूनको अधिनमा रहि कथावस्तु तयार भएको सुनिश्चित गरेर सम्वन्धित रोजगारदातासँग करार गरेर काम गर्नेछौँ ।
४)नेपाल राज्यको सुरक्षा, शान्ति र अमनचयनमा खलल पुर्याउने, विभिन्न जातजाति वा सम्प्रदाय वा धर्म सांस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछौँ र त्यस्ता चलिचत्रमा अभिनय गर्नेछैनौँ ।
५)कसैको व्यक्तिगत पहिचान र मर्यादामा आँच आउने विषयस्तु भएको चलचित्र निर्माण गर्ने तथा अभिनय गर्नेछैनौँ ।
६)आफुले अभिनय गर्ने पात्रको भूमिका र चरित्रप्रति इमान्दार र लगनशिल भई त्यसप्रति उचित न्याय दिनेछौँ ।
७)आफ्नो कलाकारिता पेशावाट प्राप्त लोकप्रियताको दुरुपयोग गरि नाजायज आर्थिक तथा अन्य लाभ लिनेछैनौँ ।
८)आफ्नो कामप्रति पूर्ण अनुशासित भई तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित भई तोकिएको गुणस्तरमा कार्यसम्पादन गर्नेछौं । जतिसुकै प्रतिकुल अवस्था वा भूमिका सानो वा ठूलो जे जस्तो भएपनि उत्कृष्ट नतिजा दिन प्रतिवद्ध छौँ ।
९)चलचित्र उद्योग, सहकर्मी कलाकारहरु र कलाकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल चलचित्र कलाकार संघलाई नकारात्मक असर पर्ने वा अपमान गर्ने वा होच्याउने वा अन्य यस्तै खालका अभिव्यक्ति दिने वा अन्य व्यवहार गर्नेछैनौँ ।
१०)कलाकार संघको वार्षिक साधारणसभा लगायतका अन्य महत्वपूर्ण गतिविधिहरुमा सक्रिय सहभागी हुने र आफ्नो क्षमताले भ्याएको योगदान गर्नेछौँ ।
११)आफूले अभिनय गरेको चलचित्रको छायांकनको क्रममा आफूले निर्वाह गरेको भूमिका तथा सो चलचित्रको कथावस्तु लगायत यससंग सम्वन्धित अन्य सूचनाहरु गोप्य राख्नेछौँ र निर्माता, निर्देशकको अनुमति विना सार्वजनिक गर्नेछैनौँ ।
१२)आफूसँगै अभिनय गर्ने सहकर्मी बरिष्ठ एवं कनिष्ठ कलाकारहरुलाई यथोचित आदर र सम्मान गर्नेछौ ।
१३)रोजगारदाता चलचित्र निर्मातासंग एउटै मिति र समयमा एउटा भन्दा बढी चलचित्रमा समय दिने गरि करारनामा गर्नेछैनौँ । करारनामामा उल्लेखित शर्तहरु इमान्दारी पूर्वक पालना गर्नेछौँ ।
१४)हाम्रा दर्शक श्रोतहरुलाई आदर सम्मान र प्रेम गर्दछौँ । उहाँहरुको चाहनालाई मध्यनजर गरेर हामी कलाकारिताका परिकारहरु प्रस्तुत गर्नेछौँ ।
१५)व्यक्तिगत रुपमा आफ्ना कमजोरी वा असफलताको लागि अरुलाई दोष दिनेछैनौ ।
१६)कला, कलाकारिता र कलाकारिताको मंच वा कलाकारिताको उद्योगप्रति अपहेलना गर्नेछैनौँ र त्यसको सम्वद्र्धमा योगदान पुर्याउनेछौँ ।
ख) हामी हाम्रा व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउने छौँ ।
१) सार्वजनिक स्थलमा धुम्रपान मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिक गतिविधिमा संलग्न रहने छैनौ ।
२) दैनिक नीजि तथा व्यावसायिक जीवनमा गैरकानुनी गतिविधि गर्नेछैनौँ ।
३)नीजि र व्यावसायिक जीवनमा कुनै व्यक्ति प्रति जात, धर्म, लिङ्ग, वर्ण, वर्ग वा अन्य कुनैपनि आधारमा भेदभावजन्य व्यवहार गर्नेछैनौ ।
४)अरुको विचारको सम्मान र फरक मतको कदर गर्नेछौँ ।
५)कुनैपनि प्रकारको हिंसाप्रति विश्वास गर्दैर्नौ र त्यस्ता कर्मप्रति संलग्न रहँदैनौ ।
६)कसैप्रति दुव्र्यवहार, हिंसा (लैङ्गिक र अन्य हिंसा), शोषण (आर्थिक वा यौन शोषण) जन्य गतिविधिमा संलग्न रहनेछैनौँ ।
७)बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने गतिविधिमा संलग्न रहनेछैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौँ ।
ग) हामी सामाजिक दायित्वको वोध गर्दछौ र त्यसको परिपूर्तिको लागि सदा सक्रिय रहनेछौँ ।
१) कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्र्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहनेछौँ ।
२) कलाकारिताको माध्यमवाट समाजमा नयाँ ज्ञान, चेतना र सूचना प्रवाह गर्नेछौँ ।
३)कलाकारिताको माध्यमवाट समाजमा सद्भाव, मेलमिलाप र सहकार्य अभिवृद्धि गर्न योगदान गर्नेछौ ।
४)समुदायमा आईपर्ने आपत विपद र संकटमा मानवीय सहयोग र सद्भाव पुर्याउनेछौँ ।
५)जातीय विभेद, वालश्रमको प्रयोग तथा महिला हिंसाप्रति विशेष सम्वेदनशील रहनेछौं र त्यसप्रति सून्य सहनशीलता अपनाउनेछौँ ।
६)आफ्नो शक्तिको दुरुपयोग, जालसाजी तथा भ्रष्टाचारजन्य गतिविधि गर्नेछैनौ र त्यस्तो कर्मलाई प्रोत्साहन हुने क्रियाकलाप गर्नेछैनौँ ।
७)वातावरण संरक्षण सम्वन्धमा विशेष सक्रिय रहनेछौ र आफ्नो नीजि तथा व्यावसायिक कामले वातावरणमा पार्ने नकारात्मक प्रभाव प्रति सचेत रही वातावरण मैत्री व्यवहार अपनाउने छौँ ।
८)नाफा वा कमाईको लागि अनैतिक, असभ्य र गैरकानूनी पेशा, कर्म वा व्यवसाय गर्ने गराउने छैनौ ।
घ) हामी हाम्रा पेशागत सुरक्षा प्रति चासो र पहल गर्नेछौ ।
१)पेशागत हक, हित र सुरक्षाको कानून प्रदत्त अधिकार प्राप्तिका लागि सक्रिय रहनेछौँ ।
२)शान्तिपूर्ण विधिवाट कुनैपनि समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौँ ।
३)पेशागत सुरक्षाको विषयमा रोजगारदाता तथा सरकारसँग सामूहिक मोलमोलाई गर्नेछौँ, वार्ता र सम्वादको माध्यवाट आपसी हितको छिनोफानो गर्नेछौँ ।
४)रोजगारदाता संग कुनै विषयमा विवाद उत्पन्न भएमा आपसी सम्वादको माध्यमवाट समाधान खोज्नेछौ र सो सम्भव नभएमा उपयुक्त कानूनी उपचारको खोजी गर्नेछौँ ।
५)कलाकारिताको माध्यमवाट सृजना भएको श्रव्यदृष्य वस्तुको प्रतिलिपि अधिकार प्रति सजग रहनेछौँ र सो को प्राप्तिमा सक्रिय रहनेछौँ ।
६)कलाकारहरुले काम गर्ने वातावरण, कार्यस्थल तथा सामाजिक सुरक्षाको (वीमा, औषधि उपचार आदी) विषयमा सचेत रही रोजगारदाता तथा सरकारलाई त्यस्तो व्यवस्था गर्न गराउन पहल गर्नेछौँ ।
मिति २०७१ भदौ २ को कार्य समितिवाट पारित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget