साउन २५ काठमाडौं । म एउटी केटी भएर भन्न त नमिल्ने हो, तर संसारमा कतिपय ठूला घटना केटीकै कारण भएका छन् भनिन्छ । दुर्भागयवश मेरो सन्दर्भमा पनि त्यस्तै भयो जस्तो लाग्दैछ ।
मलाई मन पराउनेहरुबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन । संसारका चर्चित अपराधीहरु समाजका हिरो बनेका छन् । मैले यस्ता धेरै कुरा पढें अनि सुने पनि । कतिपय कुराहरु आज आफैं भोग्दैछु ।
लामो समयदेखिका मिल्ने र छिट्टै जीवनसाथी बन्न लागेका धादिङका चरी उपनामले चिनिएका दिनेश अधिकारीलाई मैले गुमाए । दिनेशसँग मेरो चिनजान झण्डै डेढ वर्षअिध भएको थियो । नयाँबजारस्थित मेरो बालबालिका सेन्टरमा उनी एक सडक बालकलाई लिएर आएका थिए ।
पहिलोपटक भेट्दा मलाई उनी कुनै गुण्डा वा डन जस्तो लागेनन् । त्यही चिनजानपनि हाम्रो भेट बाक्लिदै गयो । हाम्रो भेट हुनुमा पुराना साथी अर्पण कोइरालाको पनि हात छ । कोइरालाको हामी दुवैसँग राम्रै सम्बन्ध थियो । पछि आपसी मनमुटावका कारण हाम्रो सम्बन्ध किनारा लाग्यो ।
दिनेशको शालीनताबाट म उनीप्रति आकर्षित हुदै गए । त्यो कुरा मैले परिवारमा राखें । सुरुमा त परिवार पनि हच्कियो । समाजमा नराम्रो छवि बनाएकासँग सम्बन्ध किन गाँस्ने भन्ने पनि भयो ।
आमाले ‘भोलि यो मान्छे जेल जान सक्छ त्यस बेला तिमी तयार छौं ? भन्ने प्रश्न गर्नुभयो । म पहिल्यै तयार थिएँ । रत्नाकर डाँकु वाल्मीकि बनेको हाम्रै धर्मले भन्छ । मैले दिनेशलाई यस्ता कुरा पढ्न भनेर दिएकी थिएँ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Post a Comment