काठमाडौं । सुन्दै छक्क पार्ने अचम्म अचम्म किसिमका घटनाहरु संसारमा घट्ने गर्दछन् । मान्छे यति सम्म पनि क्रुर हुन्छ भन्ने कल्पनै नगरेको कुरा पनि सुन्नुपर्ने हुन्छ ।
अमेरीकामा यौन भोकले मत्त भएका एकजना यस्ता मान्छे फेला परे जसले १ सय जना मुर्दाहरुसँग यौन सम्पर्क राखेको स्वीकार गरेका छन् ।
त्यी अचम्मका मान्छे हुन–केनेथ डगलस । अमेरीकी अखबार न्यूयोर्क डेली न्यूजमा छापिएको समाचार अनुसार उनले सन् १९७६ देखी १९९२ को अबधीमा १ सय महिलाका शबसहरु सँग शारीरिक सम्पर्क राखेको खुलासा गरेका छन् ।
उनले यौन सम्पर्क गर्नु अघि टिल्ल हुने गरी मादक पदार्थ पिउने र ड्रग्स पनि सेवन गर्ने गरेको समेत स्वीकार गरेका छन् ।
डगलसले मादक पदार्थले लठ्ठ भएर शबसंग यौन सम्पर्क गरेको बताएका हुन् । उनले हत्या गरिएकी एक छ महिनाकी गर्भवती महिलाको लाससँगसमेत यौन सम्पर्क गरेको बताएका छन् ।
डगलसले गरेको अपराधबारे उनकी श्रीमतीले रिर्पोट गरेकी थिइन् । उनको अपराध एउटा लासमा फेला परेको वीर्यको डीएनए परीक्षणबाट खुलेको हो । तर उनले आफूले अपराध नगरेको भन्दै चुनौति दिएका थिए ।
-एजेन्सी सहयोगमा भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment