news and more entertainment

के देखियो त 'चरी'को पोस्टमार्टम रिपोर्टमा

भदौ-१, काठमाडौं ।
प्रहरी इनकान्न्टरमा मारिएका डन दिनेश अधिकारी चरीको शरिरमा सात गोली लागेको पाइएको छ । घटनाको १० दिनपछि त्रिवि शिक्षण अस्पतालमा शनिबार पोस्टमार्टम गरिदाँ चरीको शरीरमा सात गोली लागेको पाइएको छ ।

पोस्टमार्टमको रिर्पोट अनुसार छाती र पेटको बीच भागमा लागेका सातमध्ये ६ गोली ढाड छेडेर बाहिर निस्केका थिए भने एक गोली शरीरभित्रै अड्किएको थियो । अस्पतालका फरेन्सिक विभाग प्रमुख डाक्टर हरिहर वस्तीका अनुसार गोली नै उनको पोस्टमार्टममा देखिएको छ ।

पक्राउ गरेर हत्या गरिएकोजस्तो कुनै प्रमाण नभेटिएको उनले बताए । गोलले चरीको छाती तथा पेटमा रहेका मुटु, फोक्सो, कलेजोजस्ता सै महत्वपूर्ण अंग क्षतविक्षत गराएको डाक्टर वस्तीले बताए । पोस्टमार्टम भए पनि आफन्तले तरीको शव बुझेका छैनन् । आठ महिनाअघि देखि वान्टेडमा रहेका चरी २१ साउनमा मारिएका हुन् । नयाँ पत्रिका दैनिक

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget