news and more entertainment

इजरायलले नेपालबाट निःशुल्क कामदार लैजाने


२३ साउन, काठमाडौं ।

 २ वर्षदेखि बन्द रहेको इजरायलले पहिलोपटक नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।

यसका लागि इजरायलले पहिलो वर्ष ५० नेपाली कामदार लैजाने प्रस्तावसमेत गरेको छ । नेपालले भने ३ सय ५० देखि ५ सय जनासम्म नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।

इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ ।

त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर (करिब ९७ हजार रुपैयाँ) छ । इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकारमार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकारसँग छलफल चलाइरहेको छ ।


यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउनेछन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सीबीच कमिसन लिने/दिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो ।

इजरायलले परीक्षा व्यवस्था पनि हुनुपर्ने प्रस्ताव नेपालसँग गरेको छ । परीक्षा हुँदा अंग्रेजी र गणित विषय आकषिर्त हुनेछन् । पाइलट प्रोजेक्टमा कामदारसँग पैसा नलिने र त्यसपछि रकम लिन सक्ने प्रस्ताव नेपाललाई पठाएको छ । तर, कति रकम लिने भन्नेमा स्पष्ट नखुलाइएको मन्त्रालयले जनाएको छ । आजको कारोबारमा दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget