काठमाडौं,२३ साउन । गुण्डा नाइके ‘चरी’ मारिएकोबारे संसद वैठकमा आज सरकारले जानकारी गराउँनेछ ।
धादिङबाट निर्वाचित एमाले सभासद् तथा नेताहरुले हिजो संसदमा हंगामा गरेपछि सभामुख सुवासचन्द्र नेम्बाङले घट्नाका बारे जानकारी गराउँन रुलिङ गर्नुभएको थियो ।
संसदको हिजो वैठकमा धादिङका एमाल्ऽे सभासद्हरु राजेन्द्रप्रसाद पाण्डे, गुरु बुर्लाकोटी, गंगालाल तुलाधर लगायतल्ऽे चरीको गैरन्यायिक हत्या भएको भन्दै आक्रोश ब्यक्त गर्नुभएको थियो ।
उहाँहरुले काठमाडौंका प्रहरी प्रमुखलाई निलम्बन गरी छानविन नगरे सदन चल्न नदिने धम्की समेत दिनुभएको छ ।यता, आफ्नै पार्टीका सभासदहरुले कडा विरोध गरेपछि अप्ठ्यारोमा पर्नुभएका गृहमन्त्री बामदेव गौतमले गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको घटनाको छानविन गर्ने आश्वासन दिनुभएको छ ।
हिजो गृहमन्त्री निवास पुल्चोक पुगेका धादिङका सभासद र चरीका परिवारका सदस्यलाई गृहमन्त्री गौतमले घटनाबारे छानविन गर्ने आश्वासन दिनुभएको हो ।
त्यसक्रममा परिवारका सदस्यहरुले नियोजित ढंगले चरीको हत्या भएको भन्दै उनको शव नउठाउने बताएका थिए । यता प्रहरीले भने मोस्ट वान्टेड सूचीमा रहेका चरी प्रहरी इन्काउन्टरमा मारिएको दाबी गरेको छ ।

Post a Comment