news and more entertainment

जाँदा जाँदै नायक श्रीकृष्णले के दिए श्वेतालाई ?

काठमाडौं । जीवन होस् त नायक श्रीकृष्ण श्रेष्ठको जस्तो । बोन क्यान्सरबाट थलिएका नायक श्रीकृष्णले कसैगरी मृत्युलाई जित्न सक्ने अवस्था रहेन् । धेरैले श्रीकृष्णले रोगी भएर पनि विवाह गरेको भन्दै दुःख मनाउ गरेको सुनियो । सत्य पनि यहि हो ।

यति हो, यति चाँडै यस्तो घटना घट्ला भन्ने न श्वेताले सोचेकी पनि थिइन्, न श्रीकृष्णले, न त हामी जस्ता शुभचिन्तकले नै । तैपनि श्रीकृष्णले श्वेतालाई धेरै कुरा दिए । गुमेको कुरामा पश्चाताप गर्नुभन्दा श्वेताले श्रीकृष्णबाट के पाइन्, त्यसको लेखाजोखा गर्नु राम्रो हुन्छ ।

१.श्रीकृष्णको संगत गर्नुअघि श्वेता काठमाडौंकी सामान्य युवती थिइन् । उनी पढेलेखा र सुन्दर त थिइन् तर उनको कुनै नाम थिएन । उनको केही व्यापार गर्ने योजना थियो । कहिलेकाँही विदेश गएर पढ्ने र उतै सेटल हुने इच्छा पनि गर्थिन । जसै श्रीकृष्ण उनको जीवनमा आए, उनी नायिका भइन् ।

एक साधारण युवती श्रीकृष्णको संगतले रातारात स्टार बनिन् । यसले उनको व्यापार गर्ने र विदेश जाने सपना एक झमटमै पुरा भयो । उनले श्रीकृष्णसँगै मिलेर व्यवसाय सुरु गरिन्, उनका व्यवसायिक कमीकमजोरीलाई पनि श्रीकृष्णको स्टर भ्यालुले घटाउन मद्दत गर्‍यो ।

२. एउटी युवती जीवनमा के चाहन्छे ? महिलासँग धेरै कुराकानी गरेको आधारमा भन्न सक्छु, उ सबैभन्दा बढि प्रेमी वा श्रीमान्बाट माया चाहन्छे । त्यसपछि आर्थिक सुरक्षा चाहन्छे । सबैभन्दा ठूलो कुरा श्रीमानका कारण समाजमा आफ्नो इज्जत बढोस् भन्ने चाहन्छे ।

श्रीकृष्ण असल मान्छे थिए यसमा विवाद छैन । त्यो भन्दा बढी उनी मायालु थिए । विवाहअघि नै एउटा साथीका रुपमा र एक वर्षअघि प्रेमीका रुपमा उनले श्वेतालाई जति दिन सक्थे, दिएका थिए । उनको प्रेममा श्वेता यति विवस भइन् कि रोगी केटो भन्ने जान्दा जान्दै पनि उनले विवाह गरिन् । प्रेम विनाको लामो वैवाहिक जीवन भन्दा प्रेमसहितको छोटो जीवन कता हो कता राम्रो । स्वेता श्रीकृष्णले थोरै समयमा दिएको धेरै माया सम्झेरै जीवन कटाउन सक्छिन् ।

३. ‘कोहिनुर’ चलचित्र उनीहरु प्रेमी–प्रेमीका हुँदा दुवैको लगानीमा बनेको चलचित्र थियो । दुवैले पैसा हालेका थिए । अचानक उनको मृत्युले उक्त चलचित्रलाई दर्शकले यति धेरै माया गरे कि नेपाली चलचित्रका पुराना सबै रेकर्ड यसले तोड्दैछ । आउँदो शुक्रवार उनी सेतो पहिरनामा चलचित्र हेर्न जाँदैछिन् ।

यसले थप कति दर्शक रुदै हलमा जाने हुन्, यसको अनुमान अहिल्यै गर्न सकिन्छ । भनिन्छ, यो चलचित्रले श्वेताको हातमा कम्तिमा ३ करोड हाल्दैछ, यो आँकडा ५ करोडसम्म पुग्ने अनुमान छ । जाँदाजाँदै श्रीकृष्णले स्वेताको जीवनभरी पुग्ने पैसा केवल एउटै चलचित्रबाट कमाइदिए ।

४. पैसा भन्दा ठूलो कुरा मान्छे कमाउनु हो । आजभोलि स्वेता श्रीकृष्णलाई भन्दा उनका श्रीमान्लाई हेर्न दर्शकको हुल आएको देखेर रुन थालेकी छिन् । मृत्यु शास्वत छ, तर यो स्तरको मलामी पाउने नेपाली सेलिब्रेटी निकै कम छन् । यो पनि स्वेताका लागि गौरवको कुरा हो ।

अब रुन छाड श्वेता, तिमीले श्रीमान् त गुमायौ तर गौरव गर्ने धेरै कुरा पायौ । यस्तो सौभाग्य धेरै कम महिलालाई मात्र प्राप्त हुन्छ ।

-अश्विनी कोइरालाको फेसबुकबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget