नेपाल टेलिभिजनले लोक गायिका ज्योति मगरको अन्तर्वार्तामा पहिरन गतिलो नभएको भन्दै अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ । नेपाल टेलिभिजनको दोस्रो च्यानल अर्थात एनटिभी प्लस मा हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम ‘टि टाइम’मा अन्तर्वार्ता दिएकी लोक गायिका ज्योति मगरको अन्तर्वार्ता टेलिभिजनले रोकेको हो ।प्रत्येक कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारसँगको अन्तर्वार्ता प्रसारण गर्दै आएको उक्त कार्यक्रममा ज्योतिको पोशाक उत्ताउलो रहेकोले अन्तर्वार्ता रोकेको टेलिभिजनले जनाएको छ । टेलिभिजनका अनुसार अन्तरवार्ताका क्रममा ज्योतिको स्तन नै प्रस्ट देखिएको थियो ।
टि टाइमका निर्देशक तथा लोक गायक इन्द्र जिसीले भड्कलिो पहिरनका कारण अन्तर्वार्ता रोकिएको जानकारी आफूले पाएको बताए । उक्त कार्यक्रम टि टाइमलाई लोकप्रिय भिजे अर्थात मोडल शोभा त्रिपाठीले चलाउदै आएकी थिइन ।
Post a Comment