news and more entertainment

चरीको अन्त्येष्टी भोलि


६ भदौं, काठमाडौं ।
प्रहरी कारवाहीमा मारिएका एमालेका धादिङ जिल्लाका स्थानीय नेता तथा चर्चित डन भनेर चिनिएका दिनेश अधिकारी चरीको शनिवार पशुपतिमा अन्तिम संस्कार गरिने भएको छ । गत महिना काठमाडौंको रामकोटमा प्रहरीको इन्काउन्टरमा मारिएका चरीका परिवार र आफन्तले घटनाको छानविनको माग गर्दै अत्येष्टी गर्न अस्वीकार गर्दै आएका थिए । अदालतमा मुद्धा समेत हालिएकाले अघिल्लो साता उनको अन्त्येष्टी रोकिएको थियो ।

एमाले धादिङ जिल्ला कमिटीले फेसबुकमार्फत् चरीको अन्त्येष्टी भोलि पशुपतिमा गरिने जानकारी गराएको छ । जिल्ला कमिटीले अत्येष्टी अगाडी राजधानीको शिक्षण अस्पतालमा विहान १० बजे उपस्थित हुन आव्हान समेत गरेको छ । प्रहरीको कारवाहीमा चरी मारिएको घटनालाई लिएर सदन र सडक दुवै ठाउँमा विरोधका स्वर सुनिएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget