news and more entertainment

करिश्मा र देविकालाई नारी सम्मान

Karishma-samman
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर लायन्स क्लव अफ काठमाण्डौ डायमन्डले नायिका करिश्मा मानन्धर र गायिका देविका बन्दनालाई ‘नारी सम्मान–२०७१’ प्रदान गरेको छ । विभिन्न क्षेत्रका ९ जना महिलालाई बाट सम्मानित गर्ने कार्यक्रममा चलचित्र र संगीतबाट पनि सम्मान गरिएको हो ।
साहित्य, चलचित्र, संचार, स्वास्थ्य, शिक्षा, कलाश्रृंगार, खेलकूद, समाजसेवा र संगीतको माध्यमबाट समाजमा योगदान पुर्‍याउने ९ महिलालाई शुक्रवार राजधानीमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।
debika-samman
अभिनयको माध्यमबाट देशको कला संस्कृतिको सम्बर्द्धन र विकासमा करिश्माले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नारी सम्मान २०७१ बाट सम्मानित गरिएको कार्यक्रममा बताइयो । त्यस्तै, संगीत क्षेत्रमा पुर्‍याएको योगदानकै कारण देविका बन्दना सम्मानित भएकी हुन् ।
सम्मानित हुने अन्यमा शिक्षाका तर्फबाट शिक्षासेवी दीपिका रिमाल थापा, संचारका तर्फबाट संचारकर्मी अनिता विन्दु, समाजसेवाका तर्फबाट समाजसेवी दुर्गा घिमिरे, साहित्यका तर्फबाट साहित्यकार मोमिला जोशी, कलाश्रृंगारका तर्फबाट मेकअप आर्टिस्ट रुवी राणा, स्वास्थ्यका तर्फबाट डा. चन्दा कार्की र खेलकूदका तर्फबाट तेक्वान्दो खेलाडी संगीना वैद्य रहेका छ । सबैलाई वाणिज्य तथा आपुर्ती मन्त्री सुनिल बहादुर थापाले सम्मान गर्नुभएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget