२६ साउन, काठमाडौँ । दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु वलीले आफ्नो सम्पूर्ण सम्पत्ति छानविनका लागि प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् ।
रिपोर्टर्स क्लबले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी भएकी खुश्बुले छानविन गर्दा चरीले कमाएको सम्पत्ति आफूले लुकाएको देखिए आफू सजायँ भोग्न तयार रहेको बताइन् ।
खुश्बुले भनिन्-सम्पति लुकाएको देखिए सजायँ भोग्न तयार छु । तर, सम्पति छानविन गरेपछि प्रहरीको छानविन समितिले त्यो रिपोर्ट सार्वजनिक गर्ने हिम्मत गर्नुपर्छ ।’ खुश्बुले सिभिल होममा रहेको आफ्नो घर नम्बर २४ बारे पनि छानविनका लागि प्रहरीलाई सहयोग गर्न तयार गरेको बताइन् ।
चरीको हत्या प्रहरीको इन्काउन्टरमा नभएकाले यसमा पनि छानविन समिति गठन गरेर घटनाबारे सत्य कुरा बाहिर ल्याउन उनले माग गरिन् ।
उनले आफूसँगको प्रेम सम्बन्धका कारण चरीको हत्या नभएको बताइन् । उनले भनिन्- ‘मसँगको प्रेम सम्बन्धका कारण उसको हत्या भएको होइन, म उसको परिवारको सदस्य हुँ । हत्याको कारण प्रेम सम्बन्ध हुन सक्दैन ।’ आफूलाई सबैभन्दा ठूलो कुरा आफ्ना प्रेमी दिनेश अधिकारी चरीको हत्याको छानविन गर्नु रहेको उनले बताइन् ।
वलीले प्रहरी निरीक्षक कुमोद ढुंगेल हत्याका सुत्राधार भएको खुलेआम आरोप लगाइन् । उनले भनिन्-ढुंगेल र अर्पन कोइराला -पूर्वप्रेमी) दुई जनाको डिजाइनमा चरीको हत्या भएको हो, उसको हत्यामा पुलिसका उच्च अधिकारीहरुसमेत मिलेका छन् । उनीहरुलाई पनि छानविनको दायरमा ल्याउनुपर्छ । ‘
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment