काठमाडौं, साउन २६ –प्रहरी कारवाहीमा मारिएका चर्चित डन दिनेश अधिकारी ‘चरी’की प्रेमिका भनिएकी खुस्बु ओलीले दिनेश अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस भनेर आफूले बोलेको स्पष्ट पारेकी छिन् ।
उनले आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताइन् । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुँगेल भएको आरोप लगाईन् ।
उनले आफ्ने सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिदै आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको दावी गरिन् । ओलीले अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुङगानाले पठाएको म्यासेजले समेत हत्याको पुष्टी गर्ने दावी गरिन ।
उनले भनिन्–केही व्यक्तिको नीच मनोवृत्तिका कारण चरीको हत्या भएको हो । यसको बारेमा निष्पक्ष छानविन हुनुपर्छ । त्यस्तै समितिका सदस्य एवम् दिनेश अधिकारीका मामा प्रेम बहादुर थापाले आफूहरुले अधिकारीको हत्याको सत्य तथ्य छानविन होस भनेर माँग गरेको बताएका छन् ।
थापाले आफूहरुले सिँगो प्रहरीको विरोध भन्दा पनि प्रहरीको प्रवृत्तिको विरोध गरेको बताएका छन् । उनले अधिकारीलाई कतै बन्द कोठामा मारेर भीमढुँगामा लगेर फालेको आरोप लगाएका छन् । थापाले भने–सत्य तथ्य ल्याउन पनि न्यायिक छानविन समिति बनाउनुपर्छ ।
Post a Comment